आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

यस्ता छन् विद्यालय सञ्चालकका प्रतिबद्धता

राजधानी समाचारदाता
4 months ago
09/07/2019

 

 

आफ्नै वर्क बुक तथा प्रश्न बैंक छ
सुदनप्रसाद डोटेल
प्रधानाध्यापक, लिभरपुल इन्टरनेसनल कलेज

प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले यस कलेजले समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक एवं अतिरिक्त क्रियाकलाप मञ्चमा सहभागिता गराउँदै आइरहेको छ । विभिन्न विषयका आफ्नै वर्क बुक तथा प्रश्न बैंक पनि अभ्यास गराई विद्यार्थीलाई बोर्ड परीक्षामा  राम्रो अंक ल्याउन सहयोग गरिएको छ । नियमित रूपमा अभिभावकसँग विद्यार्थीबारे सूचना आदानप्रदान गरी विद्यार्थीको शैक्षिक विकासमा लागिपरेको यस कलेजले आफ्नै शैक्षिक क्यालेन्डर लागू गरी नियमित कक्षा सञ्चालन गरेको छ । विद्यार्थीलाई नियमित रूपमा फिडब्याक दिई सीसी क्यामराबाट कक्षाको नियमित अनुगमन गरी आवश्यकताअनुसार विद्यार्थीलाई विशेष कक्षासमेत व्यवस्था गरिएको छ । यस कलेज विगतमा एसएलसी बोर्ड फस्ट÷एसईई टपर र राष्ट्रिय खेलाडीको पहिलो रोजाइमा पर्न सफल हुँदै आएको छ ।

 


गुणस्तरीय शिक्षामा
सम्झौता गर्दैनौं

छविलाल पाण्डेय
कार्यक्रम निर्देशक प्रिमियर कलेज, नयाँ बानेश्वर काठमाडौं

हामीले शिक्षालाई कण्माउने माध्यमभन्दा पनि सेवामुखी बनाइरहेका छौं । शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउने भएकाले पनि यसलाई सेवामुखी नै बनाउन जरुरी छ । चौधरी ग्रुपले सञ्चालनमा ल्याएको यस कलेजले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ । जेहेनदार, गरिब र अतिविपन्न विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँछौं ।

विद्यार्थीको शैक्षिक उन्नयनका लागि वर्षमा तीनवटा मुख्य परीक्षा सञ्चालन गर्दै आएका छौं । साथै युनिट टेस्ट, मन्थली टेस्ट, हल टेस्ट र पोस्टल टेस्ट पनि सञ्चालन गर्दै आइरहेका छौं । हामीले विद्यार्थीको भविष्य उज्ज्वल होस् भन्ने उद्देश्यले ‘स्टुडेन्ट्स हेल्प डेस्क’को व्यवस्था गरेका छौं । विद्यालय शिक्षालाई पनि कलेजसँग जोड्ने योजना छ । गुणस्तरीय शिक्षा र विद्यार्थीको चौतर्फी विकासका लागि यस कलेजले पठनपाठन प्रक्रियामा कुनै पनि सम्झौता गर्दैन ।

 


बजारमा बिक्ने शिक्षा उपलब्ध गराउँछांै
नारायणप्रसाद शर्मा
प्रधानाध्यापक, प्राइम इन्टरनेसनल स्कुल

 

हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएका छौं । कोर्स अफ स्टडीलाई प्राक्टिकलमा आधारित शिक्षा प्रवाह गर्छौं ।

विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप पनि समय समयमा सञ्चालन गर्दै आएका छौं । यहाँ सांस्कृतिक कार्यक्रम, खेलकुद, प्रिजेन्टेसन, वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिन्छ ।

विद्यार्थीको संयोजनमा क्लबको पनि व्यवस्था गरिएको छ । ती क्लबले कार्यक्रम सञ्चालन गर्छन्, जसले गर्दा विद्यार्थीको तार्किक र नेतृत्व क्षमता विकास हुन्छ । यस्तै, विद्यार्थीले अनुसन्धानमूलक कार्यक्रम पनि गर्दै आएका छन् । हाम्रो उद्देश्य भनेको गुणस्तरीय शिक्षा प्रदान गर्ने हो । हामीले विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा बिक्ने प्रकृतिको सैद्धान्तिक र व्यावहारिक शिक्षा प्रदान गर्छौं ।

 

अनुशासित शिक्षामा
प्रतिबद्ध छौं

दिपेन दाहाल
सहप्रधानाध्यापक, जेभियर इन्टरनेसनल कलेज

हामीले पाठ्यपुस्तकसँगै विद्यार्थीलाई वर्क बुक पनि उपलब्ध गराउँछांै । अन्तिम परीक्षाअगाडि २२ वटा आन्तरिक परीक्षा लिन्छांै । अनुशासन तथा नैतिक शिक्षालाई प्राथमिकतामा राखेका छौं । विद्यार्थीका लागि पर्सनल केयरिङ र काउन्सिलिङको पनि व्यवस्था छ ।

१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीका लागि करियर गाइडेन्स काउन्सिलिङ पनि गराउँछांै । अतिरिक्त क्रियाकलापको पनि व्यवस्था गरेका छौं । अन्तर्राष्ट्रिय रूपमा एसियन साइन्स क्याम्पको नेतृत्व नेपालबाट हामीले नै गर्दै आएका छौं । हामीकहाँ ५० प्रतिशत लेक्चर विधि, २० प्रतिशत प्रयोगात्मक विधि, १५ प्रतिशत अवलोकन विधि र १५ प्रतिशत प्रतिनिधित्व विधिबाट सिकाइ प्रक्रिया अघि बढाउँछौं । जेभियरमा अध्ययन गरेका विद्यार्थीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट छात्रवृत्तिमा इन्जिनियरिङ, त्रिवि शिक्षण अस्पताललगायतमा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेर अध्ययन गरेका छन् ।

 


गुणस्तरीय शिक्षामा पर्याप्त लगानी हाम्रो योजना हो
डा. राजेन्द्र केसी
क्याम्पस प्रमुख, साउथवेस्टन स्टेट कलेज, बसुन्धारा

हामीले १० वर्षे योजना बनाएका छौं । हाम्रो लक्ष्य भनेको त प्राइभेट विश्वविद्यालय सञ्चालन गर्ने हो । मुख्य कुरा गुणस्तरीय शिक्षामा लगानी गर्ने नै हाम्रो योजना हो । विद्यार्थीले सरकारले तोकेको १० प्रतिशत छात्रवृत्ति पाउँछन् ।

म पनि मध्यम वर्गीय परिवारबाट हुर्किएको हुँ । तसर्थ, पैसाकै कारण पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन । यहाँ ७७ वटै जिल्लाका विद्यार्थी पढ्न आउँछन् ।

सबैलाई पहुँच पुग्ने शिक्षा आजको आवश्यकता हो । विद्यार्थीको मनोभावलाई बुझेर शिक्षण गरिरहेका छौं । अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन वस्तुपरक र पाठपरक शिक्षण विधिको अवलम्बन गर्दै आएका छांै । कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरेका छौं । सबै कक्षाकोठामा पब्लिक एडमिनको सुविधा छ । परीक्षा प्रणालीलाई चुस्त, दुरुस्त र व्यावहारिक बनाउन कलेजको आफ्नै व्यवस्थापनमा आन्तरिक परीक्षामा हरेक विषयको वस्तुगत प्रश्नपत्र बनाई विद्यार्थीलाई नियमित अभ्यास गराउँदै आएका छौं ।

कलेजले अनुसन्धानमुखी शिक्षा र सामाजिक उत्तरदायित्वलाई समान तरिकाले अगाडि बढाउन साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर स्थापना गरेको छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...