आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

ज्ञान बाँड्ने शिक्षक बन्न ‘शिक्षाशास्त्र’

कृष्णप्रसाद गौतम
4 months ago
09/07/2019

 

 

कृष्णप्रसाद गौतम

शिक्षाशास्त्र संकाय

डिन, त्रिभुवन विश्वविद्यालय

संसारमा बाँडेर बढ्ने विषय भनेको ज्ञान मात्र हो । यसरी  ज्ञान बाँड्ने गुरु वा शिक्षक उत्पादन गर्ने काम शिक्षाशास्त्र संकायले गर्छ । एसईई नतिजा सार्वजनिक भएसँगै ११ कक्षामा भर्ना हुने विद्र्याथीलाई जीपीएका आधारमा कुन विषय रोज्ने भन्न्ने सुविधा उपलब्ध छ ।विद्यार्थीको रुचिअनुसारका विषय छनोटमा शिक्षा र शिक्षक बन्ने रुचि भएका धेरैले शिक्षाशास्त्रलाई आफ्नो रोजाइ बनाउन सक्छन ।

शिक्षा क्षेत्रमा भविष्य निर्माण गर्ने रुचि भएका विद्यार्थीका लागि शिक्षाशास्त्र संकाय पहिलो रोजाइ  हो । यसका लागि कम जीपीए ल्याएकाले समेत अध्ययन गरेर आफ्नो भविष्य सुनिश्चित गर्न सक्छन् । शिक्षा र ज्ञानको क्षेत्र यसै पनि चानचुने क्षेत्र होइन । यसमा आफूलाई सक्षम गराएर योगदान दिने महŒवपूर्ण अवसर शिक्षाले प्रदान गर्छ ।

शिक्षाशास्त्र अध्ययन गर्नेलाई शिक्षक सेवा आयोगमार्फत सरकारी शिक्षण पेसामा प्रवेश गर्ने  अवसर छ । जुन अवसर शिक्षाशास्त्र अध्ययन गर्नेलाई मात्र उपलब्ध हुन्छ । यसका  साथै यस संकायमा अध्ययन गर्नेहरूलाई अन्य  सरकारी सेवामा प्रवेश गर्ने अवसर समेत खुला छ । यो संकायले उच्च शिक्षा शैक्षिक स्रोतहरू जस्तैः शिक्षा प्रशासनिक, पाठ्यक्रम डिजाइनर, शैक्षिक प्लानर र शोधकर्ताका रूपमा आफूलाई तयार पार्न सकिन्छ ।

सोही उद्देश्यले स्थापना भएको यो संकाय हो । यसले देशका लागि आवश्यक शैक्षिक जनशक्ति उत्पादन गरिरहेको छ । यसबाट दक्ष, प्राविधिक, व्यावसायिक तथा तालिमप्राप्त शैक्षिक जनशक्ति उत्पादन हुने गरेका छन् ।

उत्पादित जनशक्ति देशभर रहेका विभिन्न तहका विद्यालय, माध्यमिक तह, उच्च माध्यमिक तह तथा विश्वविद्यालयका प्रोफेसरका रूपमा खपत भइरहेका छन् । देशका सबैभन्दा धेरै क्याम्पसमा यो संकायका विषय पढाइ हुन्छ । यसअन्र्तगत १९ विषय अध्यापन हुने गरेका छन् ।

शिक्षाशास्त्र संकायले अध्ययन गरेर प्रशिक्षित शिक्षकलाई विद्यालय शिक्षाको विभिन्न स्तरमा सिकाउन जनशक्ति उत्पादन गर्छ ।त्यस्तै, शिक्षकलाई अनुसन्धान अवसर र व्यावसायिक विकासका लागि प्रशिक्षण प्रदान गर्ने गर्दछ ।

शिक्षा नीति, कार्यक्रम, योजना निर्माण गर्न तथा राष्ट्रिय शिक्षाका रूपमा काम गर्न महŒवपूर्ण शैक्षिक विषयलाई सम्बोधन गर्न बहस सिर्जना गर्न, अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग जोडेर शिक्षा शैक्षिक र विचारहरू साझेदारी र वितरण गर्न यो संकाय महŒवपूर्ण रहँदैआएको छ ।शिक्षा शास्त्र संकायको पढाइ त्रिभुवन विश्वविद्यालयभन्दा पनि पुरानो संकाय हो  । सन् १९५६ मा स्थापित यस संकाय यसअघि अमेरिकी एडअन्तर्गत तालिमका रूपमा रहेको  थियो ।

तर यो मात्र पर्याप्त नभएपछि शिक्षा क्षेत्रमा विषयगत  रूपमा नै पढाइ हुनुपर्ने महसुस गरिएसँगै शिक्षाशास्त्रलाई छुट्टै संकायका रूपमा विकास गरी अध्यापन गराउन थालिएको हो  । यो संकायमा भर्ना हुनुको मुख्य उद्देश्य शिक्षक बन्न हो ।

(Visited 27 times, 1 visits today)
Loading comments...