बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

प्रदूषण नियन्त्रणका लागि अभियान

राजधानी समाचारदाता
5 months ago

उदयपुर । बढ्दो प्रदूषण नियन्त्रणका लागि ताप्ली गाउँपालिकाले वातावरणसँग सम्बन्धित सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा आयोजित वातवरणसँग सम्बन्धि कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले यस्तो घोषणा गरेका हुन् ।

वातावरण अनुकूल नहुँदा विभिन्न क्षेत्रमा क्षेयीकरण बढ्दै गएपछि पालिकाले यस्तो कार्यक्रम अघि सार्ने तयारी गरेको हो ।

वातावरणको क्षेत्रमा जिल्लामा काम गर्दै आएको शान्ति समाज केन्द्र (पेसोक) सँगको साझेदारीमा पालिकाले यस्तो प्रस्तावअघि सारेको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले वातावरणलाई बुझ्न नसक्दा विकास निर्माण तथा स्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुगेकाले वातवरण अनुकूल हुने गरी कार्यक्रम अघि सारिएको बताए ।

उनले वातवरणलाई ध्यान नदिई विकास निर्माणका कामअघि बढाउँदा पानीको स्रोत सुक्ने, तातो हावा फाल्ने जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पुगेको बताए । कार्यक्रममा पेसोकका अध्यक्ष सृजना दनुवारले विकासका नाममा जथाभाबी बोटविरुवा काट्ने र डोजर लगाउने प्रवृतिले भूक्षयको खतरा भई प्रकोपको जोखिम बढेको बताइन् ।

उनले वातावरणसँग सम्बन्धित रहेर सरसफाइमा ध्यान दिन सके व्यक्तिको स्वास्थ्यसमेत सहज हुने बताइन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश १ का कोषाध्यक्ष दुर्गानन्द चौधरीले विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूल, म अघि बढ्छु प्रदेश १ कार्यक्रममा मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले दीगो विकास र सरसफाइसम्बन्धी सहजीकरण गरेका थिए ।

त्यसैगरी, पेसोकका कार्यक्रम संयोजक दिनेश परियारले सरसफाइ र यसको संरचनागत व्यवस्थासम्बन्धी विषयवस्तुका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलमाया राई, वडाध्यक्ष धर्मध्वज राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बोलेका थिए ।

 

 

(Visited 18 times, 1 visits today)
Loading comments...