बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

अपराध नियन्त्रणका लागि जनकपुका केही स्थानमा सिसि क्यामेरा जडान

सुजीतकुमार झा
7 months ago
11/07/2019

जनकपुरधाम । अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सघाउ पुरयाउने उदेश्यका साथ जनकपुरधामको केही भागमा सिसि क्यामेरा जडान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको १९ लाख ८२ हजारको सहयोगमा १० थान सिसि क्यामेरा जडान गरिएको हो ।

क्यामेराको कन्ट्रोल सिस्टम स्टेशन प्रहरी चौकीमा राखिएको छ । क्यामेरा कन्ट्रोल कक्षको उदघाटन जनकपुरधामका मेयर लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र प्रहरी उपरीक्षक शेखर खनालले संयुक्त रुपमा गरको छन् । समारोहमा मेयर साहले प्रहरी उपरीक्षक खनाललाई रिमोट हस्तान्तरण गरेका छन् ।

चारैतीर घुम्न सक्ने र एचडी क्षमताको क्यामेरा जडान गरिएको छ । क्यामेरा जुम गरेर लामो दुरीमा रहेका गाडीको नम्बर समेत हेर्न सकिन्छ । जनकपुरको जनक चोक, शिव चोक, रेल्बे स्टेशन, भानु चोक लगायतका ठाउँमा क्यामेरा जडान गरिएको छ । यसअछि प्रहरीले स्थानीयवासीको सहयोगमा जनकपुरधामको विभिन्न ठाउँमा सिसि क्यामरा जडान गरेको थियो । सडकको विस्तारको क्रममा ती क्यामराहरु क्षतिग्रस्त भएपछि नगरपालिकाले यो क्यामरा जडान गरेको छ ।

(Visited 49 times, 1 visits today)
Loading comments...