शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

मध्य तराई चिसियो, अब बाढी र डुवानको चिन्ता

तुलसी भण्डारी
5 months ago
11/07/2019

वीरगन्ज । अत्याधिक गर्मीको चाप खेपिरहेको मध्य तराई दुई दिनदेखि भएको बर्षा र चीसो हावाका कारण चिसिएको छ । ४४ डिग्रीसम्मको उच्च तापक्रम पुगेको मध्य तराईको पर्सा बारा लगायत क्षेत्र २ दिन यता चिसिएको हो ।

मध्य तराई नै चिसिएपछि आम मानिसको जनजीवन सामान्य बनेको छ । स्थानीय अस्पतालहरुमा पनि गर्मीका कारण आउने विरामीहरुको संख्या खटेको अस्पतालहरुले जनाएका छन् । उच्च गर्मीको चापले बिरामी, बालबालिका र बृद्धबृद्धा, लगायत बोटविरुवा र जिवजन्तु समेत प्रत्यक्ष प्रभावित भएका थिए । यो बर्षको मनसुन सुरु भएपछि भने गर्मीको कारण आहत भएको मध्य तराईलाई राहत मिलेको छ ।

अब चिन्ता बाढी, डुवान र हवाहुरीको भएको स्थानीयले बताउन थालेका छन् । एक किसिमको विपत्बाट जोगियो तर फेरि अर्को विपत्को सामना गर्नू पर्ने हो कि ? भन्ने पर्सावासीको चिन्ता छ । गएको बर्ष पनि बाढीले ठूलो पीडा खेपेका बारा, पर्सावासीले नदि कटानका साथै डुवानमा परिने हो कि भन्ने चिन्ता जनाएका छन् ।

बाढी तथा डुवानका लागि जिल्ला स्थित विपत् व्यवस्थापन समितिले पूर्व तयारीको काम गरेकोले जनाइ रहेको छ । तर हरेक स्थानीय तह आफै स्थानीय सरकार भए पनि उनीहरुको विपत् व्यवस्थापनका सन्दर्भमा भने चुस्त तयारी नभएको स्थानीय सरकार प्रमुखहरु नै बताइ रहेका छन् । उनीहरुको हेलचेक्र्याइले यो बर्ष पनि ठूलो बर्षापछि बाढी आउने खतरा उत्तिकै छ ।

खास गरी जिल्ला भित्र डिष्ट्रिक इमर्जेन्सी अप्रेशन सेन्टर ( डीइओसी ) बनेको छ । त्यसले संयुक्त रुपमा मिलेर काम गर्छ । ठूलो विपद आए केन्द्र तथा प्रदेश सरकारसँग जिल्लाको समस्या अवगत गराई थप सहयोग जुटाउने काम हुन्छ । यसमा पर्सा जिल्ला प्रशासन कार्यालय भने सर्तक भएर बसेको छ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने ।

उता बारा जिल्लाले पनि सम्भावित विपत्को पूर्वानुमान गरी जेठमा नै डिइओसीको बैठक बसी बर्षात्मा आइपर्ने विपदबाट धनजनको क्षति कम गर्न पूर्व तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले बताए । विपदका समयमा कस्ले के गर्ने भनी पहिले नै कार्य विभाजन गरी आ–आफ्नो क्षेत्रको काम गर्न जिल्लाका सबै सम्यन्त्रलाई सजग गराएको छ । विपत् आइपरे त्यसै अनुरुप अगाडी बढ्ने तयारीमा छौं उनले भने ।

 

(Visited 65 times, 1 visits today)
Loading comments...