बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

कालीमाटीकाे तरकारीमा विषादी छैन ढुक्कले खानुस्

कौशिला कुँवर
5 months ago
12/07/2019

काठमडौं । हाल बजारमा उपलब्ध भएका सबै प्रकारका तरकारी तथा फलपूmल खानयोग्य छन् । कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रमा विषादी परीक्षण रिर्पाेटले तरकारी तथा फलफुल खानयोग्य देखाएको हो । कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रमा नायब प्राविधिक सहायक जागेश्वर शर्माले तरकारी तथा फलपूmल विषादी परीक्षण गर्दा सबै प्रकारका तरकारी खानयोग्य नै रहेको बताए ।

सरकारले भारत तथा तेस्रो तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने निर्णय फिर्ता लिएपछि उपभोक्ता बजारका तकारी तथा फलपूmल खान त्रसित भएका छन् । प्राविधिक शर्माले बजारमा आएका तरकारी तथा फलफूल खानलाई त्रसित हुनुनपर्ने बताए ।

कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रले २ हजार ९३४ वटा नमुना परीक्षण गरेकोमा चारवटा नमुना खान नमिल्ने पाइएका छन् ।

प्राविधिक शर्माका अनुसार ताजा तरकारी तथा फलपूmलमा ३५ प्रतिशतसम्म विषादी अवशेष हुँदा खान मिल्नेछ । यस्तै, ३५ देखि ४५ प्रतिशत विषादी अवशेष पाइएमा चारदेखि पाँच दिन खुला राखेर खान मिल्छ । यसैगरी, उनले तरकारी तथा फलपूmलमा ४५ प्रतिशतभन्दा माथि विषादीका अवशेष पाइएका खान नमिल्ने बताए । शर्माले परीक्षण रिर्पाेटअनुसार हला बजारमा आउने तरकारीमा मात्राभन्दा बढी विषादी अवशेष नभएको बताए । शर्माले तरकारी तथा फलपूmलमा ३५ भन्दा तलसम्म विषादी अवशेष पाइए खाँदा फरक नपर्ने बताए ।

बिहीबार कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रको विषादी परीक्षण रिर्पाेटअनुसार गोलभेडाको नमुना ६.७ प्रतिशत, आपँमा ८ प्रतिशत, काँक्रोमा ४.५६ प्रतिशत, सिमीमा ६.३२ प्रतिशत पाइएको छ । यस्तै, युगान्डाबाट आएको एबोकाडोमा २४.१६ प्रतिशत र लहरे आँपमा ६.७ प्रतिशत अवशेष विषादी पाइएको छ । लौकामा ७.२४, केरामा ९.८३ प्रतिशत विषादी अवशेष पाइएको छ ।

कालिमाटीस्थित विषादी प्रयोगशाला केन्द्रले २ हजार ९३४ वटा नमुना परीक्षण गरेकोमा चारवटा नमुना खान नमिल्ने पाइएका छन् । प्रयोगशाला केन्द्रले चालू आव २०७५/७६ को २६ असारसम्मको तथ्यांकअनुसार गत पुस र माघमा चारवटा नमुनामा खान नमिल्ने विषादी परीक्षण रिपोर्टले देखाएको छ ।

रिपोर्टअनुसार चारवटा नमुनामा खान नमिल्ने विषादी पाइएको मध्ये दुईवटा नमुना केही दिन पर्खेर खान मिल्ने र दुईवटा नमुना नष्ट नै गर्नुपर्ने पाइएको थियो । जुन धादिङ् र सिन्धुपाल्चोकबाट सिमी र ब्रोकाउलीमा पाइएको थियो ।

परीक्षण केन्द्र स्थापनापछि कालिमाटीमा ५ असार २०७१ देखि तरकारीको नमुना परीक्षण गर्न सुरु गरेको थियो । सो वर्षको एक महिनामा ११५ वटा तरकरी तथा फलफूलको नमुना परीक्षण गरेको २६ वटा खाना नमिल्ने र ६ वटा केही दिन पर्खेर खाना मिल्ने अवशेष पाएको थियो । यो वर्ष तरकरी तथा फलपूmल अत्यधिक विषादी प्रयोग गरेको तरकारी बजारमा आएको पाएको थियो । सो एक महिनाका विषादी परीक्षणमा कालिमाटी तथा फलफूल तरकारी बजार भित्रिएको तरकरीमा १३.९० प्रतिशत विषादी पाएको थियो । यस्तै, ३.२१ प्रतिशत केही दिन राखेर खान मिल्ने विषादीका अवशेष पाएको थियो । शर्माले यसपछि निरन्तर तरकारी तथा फलपूmलमा विषादी परीक्षण गर्न थालेपछि घट्दै गएको बताए ।

यस्तै, आव २०७१/७२ मा १ हजार ५७० वटा नमुनामा चारवटा खाना नमिल्ने विषादी पाएको थियो । जसमा ०.२५ प्रतिशत विषादी पाएको थियो । यस्तै, केही दिन राखेर खाना मिल्ने तरकारी १५ वटा नमुना थियो । जसमा ०.९६ प्रतिशत थियो । यस्तै, ९८.७९ प्रतिशत खाना मिल्ने रहेको केन्द्रको तथ्यांकले देखाएको छ । यस्तै, २०७२÷७३ मा केन्द्रले १ हजार ९३६ स्याम्पल परीक्षण गरेकोमा १० वटामा खान नमिल्ने ०.५२ प्रतिशत विषादी पाएको थियो । यस्तै, २०७३/७४ केन्द्रले १ हजार ९३० वटा स्याम्पल परीक्षण गरेका २२ वटा खान मिल्ने १.१४ प्रतिशत विषादी पाएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा १ हजार ८५० तरकरी तथा फलपूmलमा नमुना परीक्षण गरेका जम्मा तीनवटा नमुनामा मात्र खान नमिल्ने विषादी पाएको छ । यसैगरी, आव २०७५/७६ को २६ असारसम्ममा २ हजार ९ यस ३४ वटा नमुना परीक्षण गरेकामा दुईवटामा मात्र खान नमिल्ने विषादी पाएको केन्द्रको तथ्यांकले देखाएको छ ।

विषादी परीक्षण प्रविधि प्रयोगशाला सरकारले ४ असार २०७१ मा कालिमाटी बजारमा पहिलो परीक्षण केन्द्र स्थापना गरेको थियो । तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालको विशेष सक्रियतामा कालिमाटी बजारमा पहिलो परीक्षण केन्द्र स्थापना गरिएको थियो ।
यो प्रयोगशाला स्थापना गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृृषि संगठन (एफएओ)को १५ लाख रुपैयाँ गरी कुल ३० लाख खर्च भएको थियो ।

(Visited 85 times, 1 visits today)
Loading comments...