बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

खोलाले बगाएर बेपत्ता भएका बालक मृत भेटिए

सन्देश सुब्बा
4 months ago
14/07/2019

पाँचथर । खोलाले बगाएर बेपत्ता बनेका पाँचथरको मिक्लाजुङ गाउँपालिका–४, रविस्थित खेसङ्खोपाका लोकबहादुर राईका नौ बर्षीय दिवश राई आइतबार मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबार बिहान दाजुसँग स्कुल जाने क्रममा स्थानीय नुवाखोला तर्दा राई खोलामा बगेर बेपत्ता भएका थिए । सोही दिनदेखि उनको खोजीकार्य जारी रहेकोमा आइतबार उनलाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दिवश रविस्थित होलिचाइल्ड इङ्लिस बोर्डिङ स्कुल कक्षा–४, मा अध्ययनरत थिए ।

(Visited 40 times, 1 visits today)
Loading comments...