सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

भारतसँगको मैत्रीपूर्ण खेल नहुने

एजेन्सी
5 months ago

काठमाडौं । एभीसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच हुने भनिएको मैत्रीपूर्ण भलिबल खेल नहुने भएको छ ।

नेपालको टिमले भारतसँग ३ मैत्रीपूर्ण खेल खेल्ने बताइएको थियो । भारतीय टिम नआउने भएपछि सो मैत्रीपूर्ण खेल स्थगित भएको हो । एभीसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल काठमाडौंमा हुनेछ ।

मैत्रीपूर्ण खेल भने ९ देखि ११ साउनसम्म काठमाडौंमा हुने तय भएको थियो । भारतीय भलिबल महासंघले नेपाल भलिबल संघलाई प्राविधिक कारणले आफ्नो टिम मैत्रीपूर्ण खेल खेल्न आउन नसक्ने बताएको थियो ।

संघका महासचिव जीतेन्द्रबहादुर चन्दले भारतीय भलिबल महासंघले पत्राचार गरेको बताए । भारतीय खेलकुद मन्त्रालयले व्यस्त कार्यतालिकाका कारण टिमलाई मैत्रीपूर्ण खेलका लागि स्वीकृति नदिइएको बताइएको छ । नेपालले भारतीय टिमका लागि गर्नुपर्ने आवश्यक व्यवस्था गरिसकेको टिकटिङको कामसमेत भइसकेको थियो ।

साउन अन्तिममा काठमाडौंमा एभीसी सेन्ट्र जोन च्याम्पियनसिपका लागि नेपाली टिम नियमित अभ्यासमा रहेको छ । टिमका लागि डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिइरहेको संघका महासचिव चन्दले बताए ।

प्रतियोगिता एसियाली क्षेत्रको प्रतिष्ठित प्रतियोगिता रहेको उनले बताए । नेपालले भलिबलमा राम्रो सुधार गरिरहेको संघको बुझाइरहेको छ । भलिबल खेल नेपालको लोकप्रिय खेलमध्ये पर्दछ । पहाड, मधेश र हिमाल सबैतिर खेलिने भएकाले केही समयअघि भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको थियो ।

 

 

(Visited 10 times, 1 visits today)
Loading comments...