सुजीतकुमार झा
5 months ago
0
जनकपुरधाम । जनकपुरधाममा एक वद्धको शव फेला परेको छ । जनकपुर रेल्वे ट्याक छेउमा अन्दाजी ६० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १ सीताचोक स्थित रेल्वे ट्याकको छेउमा पुरुषको शव फेला परेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।
शवको सनाखत हुनसकेका छैन । शवलाई पोस्टमार्टमको लागि अञ्चल अस्पताल ल्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।