बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

गरिबी घटाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेका छौं

भवनाथ प्याकुरेल
5 months ago
21/07/2019

 

अशेश्वरप्रसाद यादव, नगर प्रमुख, सिरहा नगरपालिका, सिरहा

 

सिरहा नगरपालिका विभिन्न मठमन्दिर, तलाउ, पोखरी र ऐतिहासिक क्षेत्रले प्रसिद्ध छ । यस्तो प्रसिद्ध ठाउँको विकासका लागि नगरप्रमुख अशेश्वरप्रसाद यादव निरन्तर लागिरहेका छन् । नगर प्रमुख यादवसँग नगरपालिकाको विकास, भावी योजना र अन्य विभिन्न विषय समेटेर राजधानीका भवनाथ प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश :

 

० तपाईं निर्वाचित भएर आएपछि गरेका मुख्य कामहरू केकस्ता छन् ?

म निर्वाचित भएर आएपछि १ देखि २२ वडासम्म आरसीसी ढलान गरेर बाटो निर्माण गरिएको छ । १७ नम्बर वडाभित्र सहलेश मन्दिरमा वाल लगाइएको छ । वडा नम्बर १२ मा रहेका पोखरीहरूमा घाट निर्माण गरिएको छ । त्यस्तै, ११ नम्बर वडामा पनि घाट निर्माण गर्ने कार्य अगाडि बढेको छ । यस नगरपालिकाभित्र पर्ने विभिन्न सडकमा ससाना कल्भर्ट निर्माण गरिएको छ । शिक्षा विकासका विभिन्न काम अगाडि बढेको छ । विद्यार्थीलाई साइकल वितरण गरिनुका साथै स्कुललाई चाहिने आवश्यक फर्निचरका सामान पनि निर्माण गरिएको छ । विद्यालयको रङरोगन गर्ने काम गरिएको छ ।
विद्यालयलाई राम्रो बनाउनका लागि भौतिक पूर्वाधारको महŒवपूर्ण भूमिका हुन्छ । त्यसैले, विद्यालयको मर्मतसम्भार गर्ने काम अगाडि बढेको छ । तीनवटा वडामा दुई कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । त्यो भवन हस्तान्तरण सम्पूर्ण अनुदानबाट निर्माण गरिएको हो । सिरहा अस्पताललाई कार्यालय व्यवस्थापनका लागि सामान किन्न १५ लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । नगरपालिकाको तीन तलाको माथि तला थप्र्ने काम सुरु गरिएको छ ।
नगरपालिकाको कम्पाउन्डभित्र चौतारो बनाइएको छ । नयाँ भवनको अगाडि नयाँ ढोका निर्माण गरिएको छ । सिरहाको सलेश मन्दिर वरिपरि माटो पुर्ने र चारैतिर वाल लगाउने काम अगाडि बढेको छ । यसपालि सिरहाको सलेश मन्दिर भवन निर्माण पनि गर्न लागेका छौं ।

० केन्द्र र प्रदेश सरकारबाट नगरपालिकालाई कस्तो सहयोग प्राप्त भइरहेको छ ?

केन्द्र सरकारबाट राम्रो सहयोग प्राप्त भइरहेको छ । प्रदेशबाट त्यति राम्रो सहयोग पाइएको छैन । प्रदेशसँग बजेट नभएर सहयोग नपाइएको हुन सक्छ ।

० बजेटलाई कसरी पारदर्शी बनाउनुभएको छ ?

बजेटलाई पारदर्शी बनाउन वेबसाइट बनाइएको छ । वेबसाइटमा राम्रा विषय राखिएका छन् । आन्तरिक लेखापरीक्षणको शाखा खोल्ने काम पनि अगाडि बढेको छ । बजेट कार्यान्वयन गर्नका लागि जनशक्ति महŒवपूर्ण विषय हो । जनशक्तिको कमीका कारण बजेटलाई प्रभावकारी बनाउन सकिएको छैन । प्राविधिक जनशक्तिको अभावका कारण पनि विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सकिएको छैन । त्यसैले, छिटोभन्दा छिटो कर्मचारीको व्यवस्थापन गर्नु आवश्यक छ ।

० नगरपालिकाको कामप्रति जनता खुसी छन् ?

मेरो कामप्रति जनता केही मात्रामा खुसी छन् । जनतालाई पूर्ण रूपमा खुसी बनाउन सकिएको छैन । किनभने, सबैलाई एकैनासले खुसी पार्न सकिँदैन । मानिसको विचार फरकफरक हुन्छ । अहिले तीनवटा पार्टीलाई समेटेर काम गर्नुपर्ने अवस्था छ । पार्टीहरूलाई समेट्दा केही काम गर्न अप्ठ्यारो पर्नु स्वाभाविक हो । यसले पनि जनतालाई खुसी पार्न सकेको छैन ।

० नगरपालिकाभित्र गरिबीको अवस्था कस्तो छ ?

हाम्रो नगरपालिकामा गरिबीको संख्या यति छन् भन्ने कुराको डाटा हामीसँग छैन । जिल्लास्तरीय मापनअनुसार १७ प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि बसेका छन् । आगामी वर्षदेखि नगरभित्र सर्वेक्षण गरेर गरिबीको मात्रा निकाल्नेछौं । हामीले विभिन्न किसिमका सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं । जसमा सिलाइकटाइ, चुरा बनाउने, मैनबत्ती बनाउने, मोबाइल रिपेयरिङ गर्ने, हाउस वाइरिङ गर्ने, कार्पेन्टरको तालिम दिनेजस्ता काम गरिएको छ ।

० नगरपालिकाको प्रमुख समस्या के हो ?

प्रशासनिक जनशक्तिको अभाव रहेको छ । त्यस्तै, ढल निकास र कृषि तथा विद्युतीकरणको पनि समस्या रहेको छ ।

० समस्या समाधानका लागि तपाईंले चालेका कदम केकस्ता छन् ?

यो समस्याका लागि मैले संघीय सरकारसँग सहकार्य र अनुरोध गरेको छु । ढल निकास तथा खानेपानी कार्यालयसँग पनि यस विषयमा जानकारी  गराएको छु ।

 

 

प्राविधिक जनशक्तिको अभावका कारण पनि विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सकिएको छैन। त्यसैले, छिटोभन्दा छिटो कर्मचारीको व्यवस्थापन गर्नु आवश्यक छ

 

 

० चुनावका बेला नागरिकलाई देखाएको बाचा पूरा गर्नुभएको छ ?

मैले बाचा गरेका विषय केही पूरा गरेको छु भने केही बाँकी छन् । अब बाँकी रहेको कार्यकालमा थप बाचा पूरा गर्दै जानेछु ।

० नगरपालिकामा पर्यटनको सम्भावना कत्तिको देखिन्छ ?

नगरपालिकाभित्र मन्दिर, पोखरीहरू रहेका छन् । त्यस्तै, नयाँ वर्षमा एकपटक फुल्ने सहलेसको फूल पनि रहेको छ । नगरपालिका छिमेकी देश भारतसँगको सिमानामा रहेको हुनाले आन्तरिक पर्यटनको पनि सम्भावना रहेको छ ।

० नगरपालिकाको आम्दानीका स्रोत केकस्ता छन् ?

नगरपालिकाको आम्दानीको स्रोत मालपोत कर, पोखरी ठेक्का, बजारको ठेक्का, बसपार्कको ठेक्का र अन्य श्ुल्क तथा राजस्व रहेका छन् ।

० नगरपालिकामा नागरिताको समस्या कस्तो छ ?

नागरिकताको विषयमा समस्या छैन । वडा कार्यालयबाट प्रक्रिया पु¥याएर सिफारिस भई आएका निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता सहजै दिने गरेको छ । हामीले भारतीयलाई नागरिकता दिएका छैनौं । कुनै बेला पदाधिकारीले गलत सिफारिस गरेका कारण भारतीयलाई पनि नागरिकता दिइएको विषय आए पनि अहिले आएको छैन ।

० नगरपालिकालाई अझ विकास र विस्तार गर्नका लागि तपाईंसँग कस्तो योजना छ ?

आर्थिक वर्ष २०७६÷७७ मा डीपीआर तयार गरी कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएका छौं । सरसफाइको योजनाअनुसार डम्पिङ साइट निर्माण  गरेका छौं ।
नागरिकका लागि चेतनाको विकास गराउनुपर्ने आवश्यकताअनुसार शिक्षालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छांै । ढल निकासका लागि डीपीआर बनाउने काम अगाडि बढेको छ । सिराहा नगरपालिकामा रिङरोड बनाउने योजना पनि रहेको छ ।

 

(Visited 29 times, 1 visits today)
Loading comments...