शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

राजधानी समाचारदाता
5 months ago
22/07/2019

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन् । राजपाको यही साउन ४ र ५ गते प्रदेश २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो । चक्रीय प्रणालीअनुसार सोमबारबाट संयोजकको भूमिका यादवलाई सुम्पिने निर्णय गरेको हो । यादव पार्टीको संयोजक बन्ने छैटौं नेता हुन् । आइतबारसम्म अनिल झा संयोजक रहनेछन् ।
तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि दुई÷दुई महिना पालोमा संयोजक फेरिन्छन् । यसअघि अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् । यादवको कार्यकाल सकिएपछि राजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ । ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपा महासचिव केशव झाले बताए ।

(Visited 31 times, 1 visits today)
Loading comments...