बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

छोराद्धारा हसिँया प्रहार गरि बाबुको हत्या, आमा गम्भिर घाइते

दीपक ओली
5 months ago
22/07/2019

धनगढी । कैलालीमा छोराको धारिलो हतियार प्रहारबाट बुबाकोे मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

आइतबार राति करिब साढे एघार बजेतिर घोडाघोडी नगरपालिका ११, सिसैयाका ५५ वर्षीय उदय रावतले आफ्नै बुबाआमालाई धारिलो हतियार प्रहार गरेका हुन् । धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उदयले घरायसी विवाद हुँदा आफ्ना बुबा (काल्चे) लाई हसिँया प्रहार गरी आक्रमण गरेको र काल्चेलाई जोगाउन भनि छुट्याउन गएकी आमा नन्दे रावतलाई पनि उदयले हसिँया प्रहार गरेको खुल्न आएको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । उदयको आक्रमणबाट नन्दे गम्भीर घाइते भई थप उपचारका लागि कोहलपुर लगिएको प्रबक्ता बस्नेतले जानकारी दिए ।

प्रबक्ता बस्नेतले आक्रमणबाट काल्चेको घटनास्थलममै मृत्यु भएको र बुबाआमालाई हसिँया प्रहार गरी फरार भएका उदयलाई आइतबार राति नै पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको बताए । मृतक काल्चेको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

(Visited 116 times, 1 visits today)
Loading comments...