शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

पाँच जनासम्म पत्रकारले काम गर्ने मिडियाले प्रेस पास लिन पाउने

राजधानी समाचारदाता
5 months ago
22/07/2019

काठमाडौं । पाँचजना सम्म पत्रकार कार्यरत सञ्चारगृहले सूचना विभागवाट जारी प्रेस पास लिनका लागि पेरोल बुझाउन नपर्ने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले ५ जना सम्मको प्रेस पास बनाउनको लागि पे–रोल र बैंक स्टेटमेन्ट आवश्यक नपर्ने र प्रेस पास नविकरण हुने गरि सञ्चार मन्त्रालयले सुचना विभागलाई पत्र पठाएको जानकारी दिए ।

‘लामो समयको दवाव र पत्रकार महासंघको पटकपटको माग बल्ल पूरा भएको छ । अव स्वरोजगार मिडियामा कार्यरत ५ जना सम्मको प्रेस पास बनाउनको लागि पे–रोल र बैंक स्टेटमेन्ट आवश्यक नपर्ने प्रेस पास नविकरण हुने गरि मन्त्रालयले सुचना विभागलाई पत्र भएको छ ।’ केन्द्रिस सदस्य जैशीले फेशबुकमा लेखेका छन् ।
‘नेपाल पत्रकार महासंघका केन्द्रिय समितिले उठाउँदै आएको एउटा माग आज सञ्चार तथा सुचना प्रबिधि मन्त्री माननिय गोकुल बास्कोटा ज्यूले संबोधन गरिदिनु भएकोमा उहाँलाइ धेरै धन्यवाद ।’

(Visited 219 times, 1 visits today)
Loading comments...