शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

वीपी कम्युनिष्ट थिए : डा.सशांक कोइराला

रुद्र सुवेदी
5 months ago
22/07/2019

नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइरालाले बहुआयामिक नेता स्वर्गीय वीपी कोइरालाको राजनीतिक जीवनको सुरुवत कम्यूनिष्ट विचारधाराबाट भएको खुलासा गरेका छन् ।

३७ औं वीपी स्मृती दिवसका अवसरमा सोमबार नेपाली काँग्रेस बाँकेद्वारा नेपालगन्जमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले वीपी कम्युनिष्ट रहेको खुलासा गर्दै भने–‘वीपीको राजनीति कम्युनिष्ट सिद्धान्तबाट सुरुवात भएको थियो । राजनीति कै दौरानमा तीन वर्षको जेल जीवनले उहाँलाई अर्को बाटो रोज्दै कम्युनिष्ट छाडेर प्रजातन्त्रबादी भई जेलमुक्त हुनुभएको थियो ।’

वीपीको विचारलाई बोक्न सके नेपाली समाज समाजवाद उन्मुख हुने बताउदै उनले त्यागी, तपस्या र विचारका धनी जनताका प्रिय नेता वीपीको ठाउँ कसैले पनि लिन नसकेको बताए ।

‘वीपीको राजनीति कम्युनिष्ट सिद्धान्तबाट सुरुवात भएको थियो । राजनीति कै दौरानमा तीन वर्षको जेल जीवनले उहाँलाई अर्को बाटो रोज्दै कम्युनिष्ट छाडेर प्रजातन्त्रबादी भई जेलमुक्त हुनुभएको थियो ।’

विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले वीपीको नीति अवलम्बन गर्न सबैलाई आग्रह गरे । उनले भने–‘वीपीसंग विचार थियो समय थिएन अहिलेका नेतामा समय छ विचार छैन ।’

उनले आफु पनि वीपी बन्न नसक्ने बताउदै वीपीले प्रतिपादित गरेको राष्ट्रियता समाजबाद र लोकतन्त्रको कुरा सारा विश्वले अंगिकार गरेको दाबी गरे । वीपी कोइरालाका सुपुत्र नेता सशांकले वीपीका धेरै सम्झन लायक घटना रहेको उल्लेख गर्दै दूरदर्शी र व्यक्तिको मनोविज्ञान बुझ्ने क्षमता रहेको वीपी उल्लेख गरे ।

नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भ कोट्याउँदै महामन्त्री डा. कोइरालाले पार्टी एकतावद्ध भएर अगाडि बढ्नु पर्ने बताउदै आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन आवश्यक रहेको औल्याए । उनले भने–‘देउवाको नेतृत्व अब कार्यकर्ताले स्वीकार गर्न नसक्ने अवस्था छ । त्यसैले फुटेर होईन जुटेर बढ्न आवश्यक छ ।’ उनले पार्टी, नेता, कार्यकर्ता र देशको आवश्यकता अनुसार नेतृत्वमा आमूल परिवर्तन हुनै पर्ने बताए ।

नेता डा. कोइरालाले सरकारप्रति टिप्पणी गर्दै आफ्ना हरेक गतिविधिमा चुकेको बताए । उनले सरकारले स्थानीय तह र प्रदेशमा एकदमै कम बजेट विनियोजन गरेर संघीयताको मर्मसमेत बुझ्न नसकेको आरोप लगाए । खस्कँदो सुरक्षा व्यवस्था, आकासिँदो महँगी नियन्त्रण गर्न नसकेको सरकारले पानी जहाज जस्ता ठूलो सपना बोकेर देशलाई अझ ऋणमा फसाउन खाजेको उनको आरोप थियो ।

नेपाली काँग्रेस बाँकेकी अध्यक्ष किरण कोइरालाको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा पार्टीका केन्द्रीय सदस्य बद्रि पाण्डे, पूर्व जिल्ला सभापति सनत रेग्मीलगायतले सम्बोधन गरेका थिए ।

(Visited 2,115 times, 1 visits today)
Loading comments...