आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

बदलिएको कोरियाली सपना

पवित्रकुमार शाही
4 months ago
10/08/2019

पवित्रकुमार शाही

तीन वर्षअघि कोरियन भाषा पढेका थिए, कमल बीसीले । ६ महिने कोरियन भाषाका सबै आधारभूत कुरा सिके । रोजगारीका लागि कोरिया जान उनले भिसा पनि पाए । तर, हातमा भिसा पर्नासाथ कोरिया जाने योजना एकाएक बदलियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामपुरका बीसीले बाख्रापालन गरेर भए पनि स्वदेशमै ‘रोजगार’ बन्ने सुर कसे । तीन वर्षअघिदेखि बाख्रापालन गरेर घरमै जमेर बसेका छन्, अहिले ।
बिदेसिने तयारी गरेका बीसी गाउँमै आधुनिक बाख्रा फार्म दर्ता गरेर रोजगार बनेका छन् । ‘जे गर्छु, नेपालमै गर्छु, हामीजस्ता युवाले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ बीसी भन्छन्, ‘घरमै रोजगार बन्ने र बनाउने रहर लाग्यो ।’
विदेशमा गएर रगत र पसिना बगाउनुभन्दा आफ्नै घरको मीठोमसिनो फल खानु राम्रो हुने बीसीले सुनाए । घरनजिकैको विद्यालयमा स्नातक अध्ययन गर्दै उनले बाख्रापालन गरेका हुन् । उनलाई घरपरिवारले पनि सघाइरहेका छन् । बीसीले चितवनमा गएर दुई वटा बोयर बोका र एउटा बाख्रा किनेर फार्म सुरु गरेका थिए । अहिले उनको आधुनिक खोरमा ६० वटा बोयर बाख्रा छन् ।

सफलताको कथा

 

थोरै समयमा धेरै तौल बढ्ने जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गर्ने गरेका छन्, उनले । बोयरबाट स्थानीय जातमा ‘क्रस’ गरी नश्ल सुधार गर्दै आएको बीसी बताउ“छन् । अहिले ‘क्रस’ गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो २ हजार बढी मूल्यमा बिक्री हुने गरेको छ ।
शत प्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो ४ हजार बढी पर्छ । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि पछिल्लो समय बोयर बाख्रापालनतर्फ पुरै गाउँ आकर्षित भएको उनी बताउ“छन् ।
कमलले सुरुवातमा थोरै लगानी गरेका थिए । उनले सञ्चालन गरेको आधुनिक बोयर बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका बाख्रा छन् । व्यवसाय सुरुवातदेखि हालसम्म करिब ११ लाखबराबर मूल्य पर्ने बाख्रा आफूसँग रहेको उनले जानकारी दिए ।

सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । उनले एउटै बोकालाई ६० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको बीसी बताउ“छन् । उनले हालसम्म बाख्रा खरिद, खोर निर्माणलगायतमा १५ लाख बढी लगानी गरिसकेका छन् ।
बाख्राका लागि रायो, खनिउँ, दुधेलो, किम्बु, टाँकी, निमारोलगायतको घरनजिकै खेती गरेका छन् । बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको उनको अनुभव छ ।

 

 

विदेशमा गएर रगत र पसिना बगाउनुभन्दा आफ्नै घरको मीठोमसिनो फल खानु राम्रो हुने बीसीले सुनाए

फेरियो रामपुर

बीसीको बाख्रापालन देखेर गाउँ नै यसतर्फ मोडिएको छ । विदेशको मुख ताकेका रामपुर गाउँका धेरै युवा अहिले घरमै व्यवसाय गर्छन् । बीसीले फार्म खोलेपछि आजभोलि रामपुरमा २५ बढी घरले बाख्रापालन सुरु गरेका छन् ।
रामपुरमा पहिलोपटक आधुनिक बाख्रापालन सुरुवात बीसीले गरेपछि आफूले पनि बाख्रापालन गरेको स्थानीय प्रेम
बुढा बताउ“छन् । ‘कमलले कोरिया जान छोडेर बाख्रापालन गर्न थाल्यो भन्थ्यौं,’ बुढा भन्छन्, ‘कमलको मेहनत देखेर हामीलाई पनि बाख्रापालन गर्ने जोस–जा“गर पलाएर आयो ।’
कमलको मेहनतले गाउँ नै परिवर्तन भएको भेरिगंगा नगरपालिका–१३ का वडाध्यक्ष टीकाराम सुवेदी सुनाउ“छन् ।
‘अब कमलको फार्मलगायतका अन्य बाख्रापालन गर्ने किसानलाई नगरपालिकाबाट अनुदान रकम दिने व्यवस्था गर्छौं,’ उनी भन्छन्, ‘गाउँबाट युवा बिदेसिनु राम्रो होइन, केही गर्छु भन्नेलाई लगानी गरिदिएर सहयोग पनि गर्नुपर्छ । ’
‘देखाएर छोड्छु भन्थ्यो’

निम्न आर्थिक अवस्था भएको परिवारमा हुर्किएका कमलले पारिवारिक जीवनशैली पनि बदलेका छन् ।‘छोराको काम देखेर हामी निकै खुसी छौं,’ कमलकी आमा गंगी बीसी भन्छिन्, ‘स्कुल पढ्दा र अन्य खर्च चलाउनै हम्मेहम्मे हुन्थ्यो । अहिले घर खर्चका लागि कतै जानुपर्दैन । विदेश जान नाम निकालेको मान्छे । जा, बाबु भनेकी थिए“ । होइन, आमा म घरमै बसरे काम देखाएर छोड्छु भन्यो । हुँदा पनि आजभोलि सबै परिवालाई पालेको छ बाबुले ।’ यतिखेर कमलले गाउँमै रोजगारी सिर्जना गरेर नयाँ विकासको बाटोतिर गाउँलेलाई उन्मुख गराएका छन् । ल

 

 

(Visited 91 times, 1 visits today)
Loading comments...