आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सेलिब्रेटी ड्राइभर

युवराज गौतम
4 months ago
10/08/2019

 

युवराज गौतम

हुन त नरबहादुर टन्डन (एनबी) क्यानाडाको सडकमा ‘लरी’ ट्रक कुदाउँछन् । उच्च शिक्षापछि कलम चलाएरै जीवन धान्ने सपना बोकेर नेपाल छाडेका टन्डन कालान्तरमा स्टिरिङ समाउन पुगे । दाङबाट काठमाडौं हुँदै क्यानाडा ओर्लेको डेढ दशकमा उनले थुप्रै हन्डर खाए ।
हातमुख जोर्न जस्तोसुकै काम गर्न पनि तयार भए । अनेकौं अपमान सहे । बिदेसिनुको पीडा र जीवन भोगाइको वास्तविकता स्वेदशभन्दा विदेशमै पुगेर धेरै अनुभूत गरे । दाङ खान्द्रेस्थित जनश्रम माविबाट एसएलसी उत्तीर्ण गरेका टन्डन उच्च शिक्षाका लागि सन् २००५ मा क्यानाडा उत्रिए । अनि परदेशमा जीवन ‘कसरी चल्दोरहेछ ?’ भन्ने देखे–भोगे ।

क्यानाडा बसेर उच्च शिक्षा

‘अध्ययन मात्र गर्छु’ भन्नु कथा मात्र हुन जान्छ । उनको बेग्लै कथा छ । विश्वविद्यालयमा नितान्त पढाइ मात्र गर्छु भन्नु भ्रम रहेछ भन्ने उनले प्रत्यक्ष भोगे । कमाइ नहुँदा पढाइ अघि बढाउन नसक्दाको पीडादायी कथा छ उनीसँग । जहाँ पुगे पनि काम नगरी जीवन चल्दैन । जस्तोसुकै भए पनि काम गर्नैपर्छ । ‘तर यहाँ कामको सम्मान गरिन्छ, श्रमको सम्मान हुन्छ,’ उनले भने, ‘म अहिले ट्रक ड्राइभर हुँ तर सबैबाट सम्मान र माया पाइरहेको छु ।’
क्यानाडामा ३५ हजार बढी नेपाली बस्छन् । तीमध्येका अपवाद पात्र हुन्, नरबहादुर । उनले त्यहाँ काम मात्र गरेनन् । पैसा कमाएर जीवन मात्र चलाएनन् । मातृभूमिका लागि केही गर्ने अठोट लिए । बेग्लै अभियान चलाए । यसकारण, उनी एकाएक ‘सेलिब्रेटी’ भए । सामाजिक सञ्जालमा उनको अभियानप्रति सयौं तारिफका शब्द लेखिए । मानसम्मान र प्रशंसाले उनको अभियानले झनै उचाइ लिइरहेको छ । उनको अभियान बिलकुलै नौलो छ । विश्वमा नेपाल चिनाउने काइदा भिन्न छ । उनले यो अभियान व्यक्तिगत लगानीबाट सुरु गरेका हुन् । सन् २०१२ जनवरीदेखि उनी आफ्नो ट्रकमा नेपालको विविधता झल्कने तस्बिर टाँसेर हुइँकिरहेका छन् ।

क्यानाडाबाट अमेरिका गुड्ने

२९ लाखमध्ये नरबहादुरको ट्रक ‘युनिक’ छ । ५३ फिट लामो र ८.५ फिट उचाइ भएको ट्रकमा नेपाल र नेपालीको कला संस्कृति, वेशभूषा, पर्यटकीय स्थल तथा पुराताŒिवक सम्पदाको आकर्षक तस्बिरसहितको ‘ङ्खलेक्स’ टाँगिएको छ ।
‘विदेशमा बसेर नेपाल चिनाउने चाहना हो, सस्तो तर सबैको नजर पर्ने भएकाले यस्तो काम गरेको हुँ,’ उनी सुनाउ“छन्, ‘अहिले धेरै विदेशी मसँग नेपालबारे सोध्छन्, कतिपय नेपाल घुमेर फर्किसकेका छन् ।’
टन्डनजस्ता १२० नेपाली ट्रक ड्राइभर क्यानाडामा छन् । तर, अरू ट्रकमा विभिन्न व्यावसायिक विज्ञापन टाँसिएको हुन्छ । उनको ट्रकको दुवैपट्टि फेवाताल, माछापुच्छ्र«े, एकसिंगे गैंडा, पाटेबाघ, नेपालको प्याराग्लाडिङ, ट्रेकिङ र ¥याङ्खिटङ रक क्लाइम्बिङका आकर्षक तस्बिर टाँगिएका छन् । यसबाहेक जीवित देवी कुमारी, बौद्ध स्तुपा, पशुपतिनाथलगायतका तस्बिर टाँसेर उनी दैनिक १२ घण्टा हुइँकिरहेका हुन्छन् । यही अभियानले उनी यतिबेला ‘सेलिब्रेटी’ ट्रक ड्राइभरका रूपमा कहलिएका छन् । क्यानाडाको ओन्टरियो सहरमा बस्दै आएका टन्डनलाई यो कामले आत्मसन्तुष्टि मिलेको छ । ५० वर्षीय टन्डन भन्छन्, ‘नेपालका तस्बिर देखेपछि धेरैले बाटोमै ट्रक रोक्न लगाउँछन् र लाइन लागेर मेरो ट्रकमा तस्बिर खिच्छन्,’ उनले भने, ‘नेपालको तस्बिर पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने विदेशीको क्रेज देख्दा रमाइलो लाग्छ ।’

 

क्यानाडामा ३५ हजार बढी नेपाली बस्छन् । तीमध्येका अपवाद हुन्, नरबहादुर । उनले त्यहा“ काम मात्र गरेनन् । पैसा कमाएर जीवन मात्र चलाएनन् । मातृभूमिका लागि केही गर्ने अठोट लिए । बेग्लै अभियान चलाए । यसकारण, उनी एकाएक ‘सेलिब्रेटी’ भए

टन्डनको काम देखेर नेपाल पर्यटन बोर्डले उनलाई ‘पर्यटन दूत’ घोषणा गरिसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि उनको कामको खुलेर प्रशंसा गर्दै हातेमालो गरिरहेको छ । नेपाली क्यानेडियन ट्रक एसोसिएसन अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका टन्डन यतिबेला नेपाल सरकारले मनाउन लागेको ‘भिजिट नेपाल–२०२०’ अभियानलाई सार्थक बनाउने दौडमा छन् ।
‘ट्रकमै नेपाल बोकेर युरोपमा प्रचार गर्ने अभियानमा छु,’ उनले भावी योजना सुनाउँदै भने, ‘बेल्जियमबाट एकैपटक हि“डेर २८ देशका विभिन्न सहर घुम्दै जर्मनमा रहेको नेपाली दूतावासमा आइपुग्ने योजना छ ।’ यसका लागि रित्तो ट्रक गुडाउनुपर्दैन, सामान बोकेर बेच्दै हि“ड्न सकिने उनको बुझाइ छ । क्यानाडा–अमेरिका गुड्ने यस्ता ट्रकमा ठूला व्यावसायिक कम्पनी विज्ञापन गर्न हजारौं डरल खर्च गर्न रुचाउँछन् । तर, टन्डनले अन्य कम्पनीको विज्ञापन गर्न चाहेनन् । जतिसक्दो आफ्नै देशको प्रचार अभियानमा जुटे । ‘हामीले हाँक्ने ट्रकको एकापट्टिको भाग ट्रेलर र अर्को ट्याक्टर हुन्छ, ट्याक्टरलाई व्यवसायीले आफ्नो वस्तु प्रचार गर्न रोज्ने गर्छन् तर मैले सुरुमा २५ हजार क्यानेडियन डलर खर्चेर नयाँ पाटपुर्जा जोडेर नेपालको प्रचार गर्न योग्य बनाएको हुँ, हालसम्म मेरो १ लाख डलर खर्च भइसकेको छ,’ उनले भने, ‘यो लगानी मेरो देशका लागि हो, माटोका लागि हो ।’


टन्डनसँग अरू पनि थुप्रै योजना र आइडिया छन् । नेपालको प्रचार गर्ने र युरोप अमेरिकाबाट जतिसक्दो पर्यटक नेपाल पठाउने योजना । ‘नेपाल सरकार, एनआरएनएलगायतका संस्थाले साथ दिए भने धेरै काम गर्ने सपना छ,’ उनले सुनाए, ‘मन र आँट भए निःस्वार्थ भावनाले जहाँ बसेर पनि देशको सेवा गर्न सकिन्छ तर एक्लैले कहाँ सम्भव हुने रहेछ र ?’ उनको बुझाइमा प्रवासमा बसेर नेपाल सम्झेर र गुणगान गाएर मात्र हुँदैन । ओठेभक्तिले मात्र पुग्दैन, काम गरेर देखाउन सक्नुपर्छ । ‘विदेश पुगेपछि स्वदेशको माया औधी लाग्ने रहेछ उनले भने, ‘माया प्रकट गर्ने तरिका मात्र बदलेको हुँ ।’
दैनिक १२ घण्टा ट्रक हाँक्छन्, उनी । कतिपय गन्तव्य पुग्न त १० दिन बढी लाग्छ । क्यानाडा टोरोन्टोबाट अमेरिकाको क्यालिफोर्नियाको दूरी ४ हजार ३ सय किलोमिटर छ । यो यात्रा पूरा गर्न १० दिन लाग्छ । तर, कमाइ र मजा यही पेसामा छ । त्यो कमाइको केही रकम उनले नेपालका गाउँमा सामाजिक सेवामा खर्चिने गरेका छन् ।

 

(Visited 139 times, 1 visits today)
Loading comments...