आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

‘काश्मीरको शान्ति : आँधीअघिको सन्नाटाजस्तै’

बीबीस
4 months ago
12/08/2019

श्रीनगर ।भारत प्रशासित जम्मु काश्मीर यतिबेला शान्त छ । शुक्रबार एउटा ¥याली निस्कनुबाहेक काश्मीर मौन आश्चर्यजनक रूपमा मौन भएकोप्रति अन्तर्राष्ट्रिय स्तरमै टिप्पणी गरिएको छ । काश्मीरलाई प्राप्त विशेष राज्यको हैसिय तगत सोमबार समाप्त गरिएपछि काश्मीर एक सातादेखि अभूतपूर्व बन्दको अवस्थामा छ । यसलाई कतिपयले आँधी आउनुअघिको सन्नाटाका रूपमा अथ्र्याएका छन् ।

भारतविरोधी प्रदर्शन हुने भनेर प्रमुख क्षेत्र खानयार यतिबेला सुनसान छ । सो क्षेत्रलाई सुरक्षाकर्मीले कडा निगरानीमा पनि राखेका छन् । तर, लगभग २४ घण्टा नै कायम रहेको कर्फ्यु र आधा दर्जन सडक बन्द गर्न राखिएका अवरोधका कारण त्यहाँ प्रदर्शनकारकिो पहुँच छैन ।

त्यहाँ पुगेका पत्रकारलाई काश्मीरीले निकै आक्रोशपूर्ण प्रतिक्रिया दिने गरेका छन् । ‘धोका पाएको तीतो अनुभूतिले ताजा द्वन्द्व जन्माउन सक्छ,’ बीबीसीकी पत्रकार गीता भन्छिन्, ‘सो क्षेत्रमा भ्रमणका क्रममा एउटा गल्लीबाट बाहिर निस्किएर केही मानिसले मसँग घेराबन्दीको जस्तो अवस्थामा बाँच्नुपर्दाको आफ्ना अनुभूति सुनाउँदै गुनासो गरे र एक जना पाका व्यक्तिले यो सरकारको तर्फबाट भएको निकृष्ट ठगी भने ।’

काश्मीरी जनताले मौका पाउनासाथ प्रहरीलाई पनि चुनौती दिने गरेका छन् । पाण्डेले भनिन्, ‘एक जना नाबालक छोरा बोकेर आएका व्यक्तिले मसँग आफ्नो सानो छोरा अहिले लड्न निकै सानो रहेको तर म यसलाई बन्दुक बोक्न तयार पार्ने प्रतिक्रिया दिए ।’ भारत सरकारले भने काश्मीरमा रहेको यो आक्रोशलाई कुनै स्थान दिएको छैन । सुरक्षाकर्मीले यस्ता आक्रोशलाई बाहिर विस्फोट हुनबाट रोकिरहेका छन् । यद्यपि, काश्मीरी जनता सुरक्षाफौजको त्रासमा बाँच्न नचाहेको स्पष्ट देखिन्छ ।

धारा ३७० र ३५ ए खारेज गर्ने भारतको यो निर्णयबाट पृथकतावादको विपक्षमा उभिँदै आएका काश्मीरीलाई समेत झस्काएको छ । उनीहरू भन्छ, ‘यसले कश्मीर र भारत दुवैलाई गम्भीर प्रभाव पार्नेछ ।’ जम्मु काश्मीरको राजधानी श्रीनगर सोमबारयता लगभग बन्द भएको अवस्था छ भने पसल, स्कुल र कलेज तथा कार्यालय सबै बन्द छन् । सडकमा सार्वजनिक सवारी साधन ठप्प छन् ।

काश्मीरका चोकमा हजारौं सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । भारतले भने यो आफ्नो आन्तरिक मामला भएको भन्दै काश्मीरको विषयमा चालेका कदमको बचाउ गर्दै आएको छ । करिब एकसातादेखि राज्यका दुईजना पूर्वमूख्यमन्त्रीसहित सयौं अभियानकर्मी, व्यापारी र प्राध्यापकलाई समेत बन्दी गृहमा राखिएको छ ।

काश्मीरी युवा रिजवान मलिक भन्छन्, ‘काश्मीर अहिले हावा छिर्ने खुला जेलजस्तै बनेको अनुभूति भइरहेको छ ।’ सरकारले इन्टरनेटसहित सञ्चारका सबै माध्यम बन्द गरेपछि उनी दिल्लीबाट श्रीनगर फर्किएका हुन् । उनले भने, ‘मेरो जीवनमा पहिलोपटक हामीले कोहीसँग पनि सम्पर्क गर्न नसक्ने स्थिति आयो । मैले यस्तो कहिल्यै देखेको थिइनँ ।’ भारतले काश्मीरीहरूसँग सल्लाह नै नगरी राज्यलाई दिइएको विशेष हैसियत समाप्त पारेकोमा उनी रुष्ट छन् ।

काश्मीरलाई प्राप्त विशेष हैसियतले उल्लेख्य मात्राको स्वायत्तता र सो क्षेत्रसँग बाँकी भारतको सम्बन्धलाई दशकौंदेखि परिभाषित गर्दै आएको थियो । मलिक काश्मीरमा पृथकतावादी सोच नराख्ने र भारतको सार्वभौमिकताभित्र रहनुपर्ने पक्षमा रहेका व्यक्ति हुन् । यस कदमले भने उनलाई दुःखी बनाएको छ ।

उनी भन्छन्, ‘यदि भारतले ऊ लोकतान्त्रिक राष्ट्र हो भनेर हामीले विश्वास गरौं भन्ने चाहन्छ भने ऊ आफैंलाई मूर्ख बनाइरहेको छ ।’ लामो समयदेखि काश्मीर र भारतबीच असहज अवस्थाका बाबजुद विशेष हैसियतले जोडेर राखेको थियो । उनी भन्छन्, ‘त्यसलाई खारेज गरिदिएर उनीहरूले हाम्रो परिचय खोसिदिएका छन्  । यो काश्मीरीहरूलाई मान्य छैन् ।’ निषेधाज्ञा हटेपछि प्रदर्शनकारीहरू सडकमा जम्मा भएर यसका विरुद्ध संघर्षमा साथ दिने उनको

विश्वास छ । उनले भने, ‘प्रत्येक परिवारमा एक भाइ पृथकतावादीसँग र अर्को (भारतीय) मूलधारसँग रहेको भन्ने गरिन्थ्यो । तर, भारतीय सरकारले अहिले दुवैलाई एकै ठाउँमा ल्याइदिएको छ ।’ यसले काश्मीरमा देखिएको शान्ति आँधीअघिको सन्नाटा भएको देखाउँछ ।

(Visited 80 times, 1 visits today)
Loading comments...