आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

ईपीएलमा टेस्ट राष्ट्रबाट आइकोनिक खेलाडी

राजधानी समाचारदाता
4 months ago
13/08/2019

काठमाडौं  । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियागितामा आयोजकले सहभागी टोलीमा आइकोनिक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने प्रावधान राख्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । सोमबार आयोजक ईपीएलले एक प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेब्रुअरी २९ देखि मार्च १४ सम्म अर्थात् फागुन १७ देखि चैत्र १ गतेसम्म हुने जानकारी गराएको छ । १५ दिनसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिता यसपटक तीन दिन शनिबार पारिएको छ ।

आयोजकले गत वर्ष मंसिर–पुसमा प्रतियोगिता आयोजना गरेको थियो । तर, यो समयमा मौसमको अवस्था रबहानी समयमा खेल हुन केही कठिनाइ हुने भएकाले फागुमा प्रतियोगिता आयोजना नगर्न लागिएको बताएको छ । फागुनमा बिहानी समयमा खेल गराउन सहज हुने समेत उल्लेख गरेको छ । विश्व क्रिकेटका ठूला नाम रहेका ती खेलाडी ‘आइकोनिक खेलाडी’ का रूपमा रहनेछन् । ईपीएलमा एक टोलीले तीन खेलाडी राख्न पाउने प्रावधान छ ।

तेस्रो संस्करण सकिँदा दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रियट्स च्याम्पियन बनेको थियो ।

(Visited 29 times, 1 visits today)
Loading comments...