शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

निर्मला हत्याकाण्डमा गृहमन्त्रीले दिएको अभिव्यक्तिले नेपालीको शीर निहुरिएको : सांसद कंडेल

राजधानी समाचारदाता
4 months ago
13/08/2019

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पुर्व गृहराज्यमन्त्री देवेन्द्र राजकंडेलले कंचनपुरकि १३ बर्षिया किशोरी निर्मला पन्तको हत्याको बिषयमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको बताएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कंडेलले निर्मला हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले दिएको सार्वजनिक अभिव्यक्ति समेत आपत्तिपूर्ण रहेको दावी गरे । ‘निर्मला हत्या जस्ता घटना विगतमा पनि भएका थिए, आज पनि छन् भविष्यमा पनि हुनसक्छन् भन्ने ? यदि गृहमन्त्रीको यही ठहर हो भने निर्मला जस्तै घटना तपाईंको परिवारमा भएको भए तपाईंको अभिव्यक्ति यही हुन्थ्यो ? गृहमन्त्रीले यो अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ,’ कडेलले भने ।

सांसद कंडेलले निर्मला हत्या प्रकरण पञ्चायतको समयमा पोखरामा भएको नमिता–सुनिता हत्या काण्डजस्तै भएको टिप्पणी गरेका हुन् । २०३८ सालमा पोखरामा नमिता–सुनिता हत्या काण्ड भएको थियो, दरवार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो’ कंडेलले भने, ‘विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसूस गरेको छु ।’

कंडेलको अभिव्यक्तिप्रति नेकपाकी सचेतक शान्ता चौधरीले नियमापत्ति गर्न खोजिन् । नियमापत्ति शब्द उच्चारण नगरी उनले भनिन् ‘सिंहदरबारबाट घटाइएको भन्ने कुरा उहाँजत्तिको मान्छेले भन्न मिल्छ सभामुख महोदय ? यो शब्द रेकर्डबाट हटाउनु पर्छ ।’

कांग्रेस सांसदको भनाइमा सत्तारुढ दलकी सांसदले जवाफ फर्काएपछि कांग्रेसका मीनबहादुर विश्वकर्माले नियमापत्तिमाथि नियमापत्ति गरे । ‘संसदमा एक माननीय बोलेको बेला अर्को माननीयले जवाफ दिएर जुहारी गराउन मिल्छ ?’ विश्वकर्माले सभामुखसँग प्रश्न गरे ।

जवाफमा सभामुख कृष्णबहादुर महराले भने, ‘नियमापत्ति नै हो माननीय ज्यू !’ महराले थपे, ‘माननीयजीले बोलेको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यसलाई के गर्ने मैले निर्णय गर्छु ।’

(Visited 111 times, 1 visits today)
Loading comments...