बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

श्रीमानले हिंसा गरे भन्दै ‘कसौटी जिन्दगी’की श्वेता प्रहरीको शरणमा

एजेन्सी
3 months ago
13/08/2019

 

मुम्बई । हिन्दी धाराबाहिक सिरियल ‘कसौटी जीन्दगी’मा पीडित बुहारीको भुमिका निर्वाह गरेर चर्चामा आएकी बलिउड नायिका श्वेता तिवारीले ‘रियल लाईफ’ मा पनि रिललाइफकै नियती भोग्न विवस भएकी छिन् ।

श्रीमान अभिनव कोहलीले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि उनको आन्तरिक मामलो अहिले फेरि चर्चाको विषय बनेको छ । उनकी छोरी पलक तिवारीले पनि बाबुले आमालाई पिट्ने गरेको उल्लेख गरेकी छिन् ।

छोरी पलकले सामाजिक सञ्जालमा लामो पत्र लेख्दै भनेकी छिन् ‘मेरी आमा हरेक दिन बुबाको हातको पिटाई खान विवस थिईन्, जुन दिन प्रहरीमा उजुरी गर्ने हिम्मत गरिन् त्यहि दिन मात्रै उनले पिटाई खानु परेन ।’

उनले लेखेकी छिन् ‘यो एकदमै घृणायुक्त कार्य हो । यो अवस्थामा म आफ्नी आमाको पक्षमा उभिएकी छु ।’

अभिनवले अहिलेसम्म शारीरिक रुपमा दुब्र्यबहार नगरेको जानकारी दिँदै उनले लेखेकी छिन् ‘तर, अनुचित र डिष्ट्रबिङ कमेन्ट धेरै पटक गरेका छन् ।’

श्वेताले अभिनवसंग दोस्रो विवाह गरेकी थिईन् । सन २००७ मा राजा चौधरीसंग सम्बन्ध बिच्छेद गरेपछि श्वेताले अभिनेता अभिनवसंग विवाह गरेकी थिइन् । राजासंग विवाहपछि छोरी पलक जन्मिएकी थिईन्, जो अहिले १९ वर्षकी भईन् । अभिनवसंग विवाह गरेपछि जन्मिएकी जन्मिएकी छोरी रेयाँश अहिले दुई वर्षको छिन् ।

(Visited 176 times, 1 visits today)
Loading comments...