शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

बाको भाग घुस लिन जाने वडा सदस्यको छोरा अख्तियारको फन्दामा

सुजीतकुमार झा
4 months ago
13/08/2019

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले जनकपुरधाममा घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह रहेका छन् । सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

उनलाइ जनकपुरधाम वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै पक्राउ गरेको अख्तियारले जनाएको छ । सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ लिन पठाएको रहस्य समेत खुलेको छ ।

(Visited 1,519 times, 1 visits today)
Loading comments...