आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

यसरी मनाउनुपर्छ जनैपूर्णिमा

नवीन लुईटेल
4 months ago
14/08/2019

नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो नाडीमा बाँध्दै बिहीबार जनै पूर्णीमा मनाइदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णीमाका दिन जनै पुर्णिमा मनाउने गरिन्छ । यो पर्वलाई रक्षा बन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ । पुर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरुले विहानी उठी नुहाइ धुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्त ऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा छ । उनिहरुले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

जनाई लगाउने तागाधारीहरुले गोवर, माटो, कुस लगाएर पवित्र जलासयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दात माझ्ने र पन्चगब्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविदहरु बताउछन् । पुर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषी तर्पणी भन्ने गरिएको हो । पुर्णिमाका दिन पुरोहितहरूले यजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाध्नाले शरिरको रक्षा हुने विश्वास रहि आएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।

रक्षाबन्धन धागो महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुको दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ­धागो आप्mना पति देवराज इन्द्रको हातमा बाँधेर आप्mना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै संझना र विश्वासमा स्वर्ण, अक्षता, सस्र्यूं, दुबो, सर्वौषधि आदि पदार्थद्वारा वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मीक विश्वास छ । पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भत्रे पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मीक विश्वास छ ।

रक्षाबन्धन धागो महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुको दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । यसरी डोरो गाइको पुच्छरमा बाँधे , मरेपछि त्यही डोरो समातेर बैतरणी नाघिने कथन छ । यस पर्वमा गोसाइँकुण्ड, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि धार्मीक स्थलमा मेला लाग्ने गर्छ । जनै पूर्णीमालाई नेवार जातिले “गुंपुन्हि“ वा क्वाँटी नखअ पनि भत्रे गर्छन् ।

ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमि, बोडी, गेडा मास, गेडा मुङ, चना, मस्याङ लगायतका ९ थरिका गेडागुडि मिसाएको क्वाँटी नेपालीहरुले आजका दिन खाने गर्छन् । साउन महिनामा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा यसले शरीरमा शक्ति बढाई रोगहरूसँग लड्ने क्षमता बढाउछ भन्ने विश्वास छ ।पुर्णिमाका दिन नेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने अर्थात् ब्यांजा नकेगु भनेर सिमिको पातमा भात, क्वाँटी, मासु, मूला, भ्यागुते फूल आदि राखेर कृषकहरूले आफ्नाे खेतमा र अरूहरूले आफ्रनाे घरको दैलामा राख्ने चलन छ । विभित्र प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको हो ।

गुंपुन्हिको चार दिन अगाडि चाँगुनारायण देउतालाई हनुमानढोकामा लगिन्छ । जनै पूणिर्माको लागि क्वाँटी भिजाए भयो भत्रे सन्देश दिन यसो गरिएको हो भनिन्छ । तराइमा भने पुर्णिमाका दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु र सुरक्षाको कामना गर्दै राखी बाध्ने गर्छन् । पुर्णिमाका दिन भगवान् गौतमबुद्धले आप्mनो काम शक्ति माथि विजय प्राप्त गरेको प्रसङ्ग बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ । जनैपुर्णिमाको भोलीपल्ट रमाइलो गर्दै गाइजात्रा मनाउने गरिन्छ ।

(Visited 156 times, 1 visits today)
Loading comments...