आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

क्षतिग्रस्त ३८० सम्पदा पुनर्निर्माण

राजधानी समाचारदाता
4 months ago
15/08/2019

काठमाडौं । महाभूकम्प २०७२ र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदामध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । १५० वटा पुनर्निर्माण चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसमेत लिइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्पन्न पुराताŒिवक सम्पदामध्ये विश्व सम्पदामा सूचीकृत ९६ र त्यसबाहिरका २८४ वटा रहेको जनाएको छ । ती सम्पदा पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ ।
पुनर्निर्माण सम्पन्न सम्पदामा हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक तथा तलेजु मन्दिर मुख्य छन् । यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायणलगायत पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रको मुख्य मन्दिर तथा किलेश्वर मन्दिर पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर, अन्नतपुर, आनन्दकुटी महाविहारलगायतका सांस्कृतिक सम्पदा पुनर्निर्माण सकिएको छ ।
त्यस्तै, ललितपुर पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्थापना र मणिमण्डप तथा सुन्दरी चोक पूर्वी लङ पुनर्निर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिर संरक्षण कार्य सकिएको छ ।  यसैगरी, थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपालगायतका पुराताŒिवक सम्पदा पुनर्निर्माण भइसकेको छ ।

पुनर्निर्माण भइरहेका मुख्य सम्पदामा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मत्स्येन्द्रनाथ मन्दिर, नुवाकोटस्थित साततले दरबारलगायत छन् । भूकम्पबाट कुल ८९१ पुराताŒिवक एवं सांस्कृतिक महŒव बोकेका सम्पदामा क्षति पुगेको थियो । तीमध्ये ७५३ वटा भूकम्पबाट अति प्रभावित १४ र भूकम्प प्रभावित १७ जिल्लाका १३८ वटा सम्पदा छन् ।

यसैबीच, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग भेटेर सम्पदा पुनर्निर्माणबारे छलफल गरेका छन् । सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गरेको र प्राधिकरणले ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण धमाधम गरिरहेको अवस्थामा दुई महŒवपूर्ण निकाय प्रमुखबीच भेटवार्ता भएको हो ।
‘मन्त्री योगेश भट्टराईसँग भेट गरी सम्पदा पुनर्निर्माणसम्बन्धी छलफल गरेका छौं,’ सीईओ ज्ञवालीले भने, ‘बाँकी संरचना पुनर्निर्माणका लागि स्रोत व्यस्थापन गर्दै मुद्दा क्रमशः सम्बोधन गर्दै अघि बढ्नेछौं ।’

(Visited 34 times, 1 visits today)
Loading comments...