शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

हामी, नानी र हाम्रा शिक्षालय

डा. देवीप्रसाद आचाय
4 months ago
15/08/2019

डा. देवीप्रसाद आचाय

यहाँ हामी भन्नाले सांकेतिक रूपमा अभिभावकलाई भनिएको हो । नानी भन्नाले आजका शिक्षालयमा अध्ययन गर्ने भिन्न उमेर समूहका शिक्षार्थीलाई बुभ्mनुपर्छ भने शिक्षालयअन्तर्गत विद्यालयदेखि विश्वविद्यालय पर्दछन् । अहिले हाम्रा देशका शिक्षालयमा गुणस्तरीय पठनपाठन हुन नसकेको सामाजिक आलोचना छ । देशका शिक्षण संस्था अब्बल बनाउनका लागि राज्यले समयसापेक्ष पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माण, भौतिक सुविधाको उपलब्धता, दक्ष शिक्षण जनशक्तिको व्यवस्थापन गर्न आवश्यक हुन्छ । यसका आप्mना नानीको पढाइमा अभिभावकको पनि महŒवपूर्ण भूमिका हुन्छ ।

शिक्षा व्यक्ति, समाज र सिंगो राष्ट्रको सर्वाङ्गीण विकासको माध्यम हो । शिक्षाको जग कमजोर भयो भने उल्लेखित तीनवटै क्षेत्र कमजोर हुने खतरा रहन्छ । आजका विकसित राष्ट्रहरू अमेरिका, युरोप अस्टे«लियालगायत कतिपय एसिया महादेशका देशले विकासको आधार गुणस्तरीय, वैज्ञानिक, सिर्जनशील अनुसन्धानमूलक शिक्षा बनाएकाले उनीहरू उन्नतिको शिखरमा पुग्न सफल भएका हुन् । यी राष्ट्रको शैक्षिक इतिहासको अध्ययन गर्दा त्यहाँका शिक्षण संस्थालाई अत्यन्तै व्यवस्थित तथा प्राज्ञिक थलोको रूपमा स्थापित गरेको पाइन्छ ।
केही समय अगाडि जर्मनका डाक्टर, इन्जिनियर तथा न्यायाधीशले चान्सलर एन्जिला मर्केलसँग भेट गरी आपूmको तलब, सेवा र सुविधा शिक्षकका सरह हुनुपर्ने माग रोखे । उनीहरूको मागको संवोधनमा एन्जिला मर्केलले डाक्टर, इन्जिनिययर तथा न्यायाधीशलगायतका दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकको तुलना तपाईहरूसँग कसरी हुन सक्छ ? भन्ने जवाफ दिएको खबर अखबारमा छापियो । उक्त भनाइबाट शिक्षा, शिक्षक र नागरिक उत्पादनको सम्बन्ध विकसित देशले कति उच्च सम्मानको तहमा राख्दछन् भन्ने कुराको दृष्टान्त हो ।

हाम्रो देशको शिक्षा क्षेत्र सामाजिक आलोचनाबाट बाहिर आउन सकेको छैन । देशका शिक्षालय प्रमाणपत्र वितरण गरी बेरोजगार नागरिक उत्पादन गर्ने कारखानाको रूपमा चलिरहेका छन् । एकातिर राज्यले शिक्षाको सुधारको लागि पहल गरिरहेको विषयमा भाषण गर्न छाडेको छैन भने अर्कोतिर देशका सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्कदै गएको तथ्याङ्कले पुष्टि गरेका छन् । निजी शिक्षालय महंगा छन् । सबै जनताको पहुँचमा छैनन् । आर्थिक रूपले निजी विद्यालयमा पढाउन सक्ने अभिभावकको मनोविज्ञान अंग्रेजी शिक्षाको मोहसँग गासिएको देखिन्छ । धेरैजसो निजी शिक्षालयमा अध्ययन गर्ने वालवालिकाको आर्थिक अवस्था केही सबल हुने भएकाले विद्यालय शिक्षा पछाडि उनीहरू युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षाका लागि पलायन हुने गरेको अवस्था छ ।
शिक्षण पेसालाई युरोपलगायत अन्य देशमा पनि मर्यादित, प्राज्ञिक एवं माथिल्लो दर्जाको पेसाको रूपमा लिइएको पाइन्छ । अब्बल दर्जाका जनशक्तिलाई मात्र शिक्षालयमा प्रवेश गराइन्छ । विकसित देशले योग्य गुरुजनले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्दछन् भन्ने मान्यतामा विश्वास राख्दछन् । शिक्षण पेसामा संलग्न व्यक्ति तथा व्यक्तित्व सामाजिक, आर्थिक एवं प्राज्ञिक रूपमा माथिल्लो स्तरका पेसाकर्मी मानिन्छन् ।

परन्तु, हाम्रो देशको सन्दर्भमा शिक्षामा राज्यको कार्यशैली एन्जिला मर्केलको चिन्तनसँग ठीक उल्टो देखिन्छ । शिक्षामा राजनीति र राजनीतिमा शिक्षा अन्तर्घुलन भएको अवस्था छ । शिक्षा क्षेत्र उपेक्षित छ । अहिलेको राज्यको चिन्तन र कार्यशैलीले हाम्रा शिक्षालय गुणस्तरीय हुन सक्ने अवस्था देखिँदैन ।
राज्य शिक्षा नीति, नियम बनाउने, कार्यान्वयन गर्ने, शिक्षालयको उचित व्यवस्थापन गर्ने कार्यमा असफल देखिन्छ । प्रथम त शिक्षा क्षेत्रलाई हेर्ने राज्यको चिन्तन र काम गर्ने शैलीमा परिवर्तन हुन जरुरी छ ।

‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भनेझैं राज्यले शिक्षा क्षेत्रलाई खुर्पाको बिँडसरह मानेकाले हाम्रा शिक्षालाय स्तरीय हुन नसकेका हुन् । हाम्रो समाजमा विद्यालय पठाएपछि नानीले पढिहाल्दछन् भन्ने मनोविज्ञान भएका अभिभावकको संख्या ठूलो छ । आफ्ना नानीको शिक्षादीक्षामा अभिभावकको भूमिका ठूलो हुन्छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी हुन्छ ।
नेपोलियन बोनापार्टले मलाई शिक्षित आमा देऊ, मैले तिमीलाई असल नागरिक दिन्छु भनेका छन् । उनको भनाइले पनि अभिभावकरूपि आमा शिक्षित वा असल भएमा देशमा असल नागरिक उत्पादन हुन सक्दछन् भन्ने अर्थ लाग्दछ । कुनै पनि मानिस जन्मने बेलामा सामाजिक हुँदैन । उसलाई भविष्यमा कस्तो छोरा, छोरी वा नागरिक बनाउने भन्ने कुरा अभिभावकले दिने शिक्षा, दीक्षा, संस्कार र दिशानिर्देशले निर्धारण गर्दछ । यस अर्थमा अभिभावक आफ्ना नानीका प्रथम गुरु ठानिन्छन् । घर परिवारको वातावरण, संस्कृति, आचारविचार, खानपान, संस्कार, चालचलनले बालबालिकालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । तसर्थ, आफ्ना नानीलाई उचित वातावरण सिर्जना गर्न अभिभावकले ठूलो
भूमिका खेल्नुपर्छ ।
हाम्रा नानी समाजको संस्कृति, संस्कार मूल्य, मान्यताका साथै नैतिक शिक्षाबाट बञ्चित हुँदै गएको अवस्था छ । नयाँ पुस्तालाई पाश्चात्य सभ्यताको गहिरो प्रभाव परिरहेको छ । अहिले हाम्रा धेरै जसो नानी विद्यालय शिक्षा सकिएपछि उच्च शिक्षा अध्ययनका लागि विदेशपलायन भएको अवस्था छ । युवा पुस्तामा आफ्नै देशमा उच्च शिक्षासम्म अध्ययन गरी देशको सेवा गर्ने राष्ट्रिय भावना हराउँदै गएको छ । अभिभावकले आफ्ना छोराछोरीलाई पनि विदेसमा पढ्न पठाउने गरेका छन् । यस सन्दर्भमा आजका नानीलाई राज्य, अभिभावक र शिक्षालयले गुणस्तरीय शिक्षा दिई सक्षम नबनाउने हो भने देशको भविष्य कता जाला ?

 

विकसित देशले योग्य गुरुजनले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्दछन् भन्ने मान्यतामा विश्वास राख्दछन् । शिक्षण पेसामा संलग्न व्यक्ति तथा व्यक्तित्व सामाजिक, आर्थिक एवं प्राज्ञिक रूपमा माथिल्लो स्तरका पेसाकर्मी मानिन्छन्

राज्य, अभिभावकलगायत सरोकारवालाको सहकार्यमा आजका नानीलाई समयसापेक्ष, जीवन उपयोगी र गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी छ

 

राज्य, अभिभावक र शिक्षकको त्रिकोणत्मक पहलबिना देशका शिक्षालयको स्तरोन्नति हुन सक्दैन । अभिभावकले छोराछोरीलाई विद्यालयले दिने शिक्षाको अतिरिक्त घर, परिवारबाट नै असल गुणको विकास गराउन अत्यन्त आवश्यक हुन्छ । अभिभावकले आफ्ना नानीलाई घरपरिवारमा नै आफूभन्दा ठूलालाई आदर गर्न, सानालाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, देशलाई माया गर्न, आफ्नो काम आफै गर्न, स्वावलम्बी बन्न, छिमेकी एवं आफन्तजनसँग राम्रो व्यवहार विकास गर्न सिकाउनुपर्छ । अभिभावकले नानीलाई व्यक्तिबाट बदलेर सामाजिक बनाउने भूमिका खेल्नुपर्छ । उनीहरूमा परोपकारी भावनाको विकास गराउनुपर्छ ।
शिक्षा ग्रहण गर्ने प्रक्रिया र पद्धति फरक छन् । औपचारिक, अनौपचारिक तथा अनियमित प्रणालीबाट शिक्षा आर्जन हुन्छ । हाम्रा नानीलाई घर, परिवार र समुदायमा सिकाउने शिक्षा अनौपचारिक हुन्छ । जीवनपर्यन्त सिकिने शिक्षा अनियमित शिक्षा हो । अर्थात् अरूको प्रभावबाट, देखेर, अनुभव गरेर वा भोगेर सिकिने शिक्षा अनियमित शिक्षा हो । अनियमित शिक्षाअन्तर्गत उद्देश्यबिना नै जीवनमा अनुभवको आधारमा घर, परिवार, साथीसङ्गी, आफूभन्दा ठूला वा साना भाइबहिनीबाट पनि मानिसले ज्ञान आर्जन गर्दछ । यसरी हेर्दा पनि घर, परिवार, समाजिक वातावरण राम्रो भएमा हाम्रा नानीले असल कुरा सिक्न सक्दछन् भन्ने कुराको पुष्टि हुन्छ ।
परिवार साझा विचार विनिमयको ठाउँ हो । अभिभावक जति बढी चेतनशील र व्यावहारिक हुन्छन्, त्यति नानीको सामाजिक, मनोवैज्ञानिक, संवेगात्मक, बौद्धिक स्तरलगायतका क्षेत्रमा विकास हुन सक्दछ । अभिभावकले आफ्ना नानीको व्यवहार, भाषिक, धार्मिक, सांस्कृतिक, सांस्कारिक अभ्यास खानपान, भेष–भूषा, चालचलनलगायतका अभ्यासले बालाबलिकामा सिकाइ हुन्छ ।

अभिभावकमा जति इमानदारिता, सामाजिक भावना, व्यावहारिक ज्ञान, उदार व्यवहार, परोपकारी आचरण हुन्छ, त्यसरी नै नानीको आचरण निर्माण हुन्छ । नानीले अभिभावकका क्रियाकलापलाई अवलोकन, देखासिखी र अनुसरण गरी ज्ञान आर्जन गर्दछन् । यसर्थ, आफ्ना नानीलाई उज्यालो भविष्य प्रदान गर्न विद्यालयमा पठाएर मात्र हुँदैन । उनीलाई व्यावहारिक ज्ञान घर, परिवार एवं समुदायमा नै सिकाउन आवश्यक हुन्छ ।
अहिले समय बदलिएको छ । समाजका मूल्य र मान्यता बदलिएका छन् । शिक्षा घर, पविारबाट सुरु भएर स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय हुने भएकाले आजको व्यक्ति, समाज र विश्व बजारको मागलाई समेत संबोधन गर्न सक्ने शिक्षा र दिशानिर्देश आजका बालबालिकाको आवश्यकता हो । आजका नानीलाई विज्ञान र प्राविधिक सीप अति आवश्यक भइसकेको अवस्था छ । एकातिर विज्ञान र विधिको विकासले उपलब्ध गराएका इन्टरनेट, कम्प्युटर, मोबाइललगायतका डिजिटल प्रयोगको आवश्यकता समयको माग बनेको छ भने अर्कोतिर यी सुविधाको उचित प्रयोग हुन नसकेकाले हाम्रा नानीलाई एकोहोरो बनाएको, सामाजिक र व्यावहारिक बन्न सहयोग नगरेको बालमनोविद्को बुझाइ छ । शिक्षकको गुनासो छ । अग्रज पुस्ताको असन्तुष्टि छ ।

अन्त्यमा, देशको शिक्षा प्रणाली समय सापेक्ष, गुणस्तरीय, मौलिक, वैज्ञानिक, अनुसन्धानमूलक तथा सिर्जनशील हुन नसकेमा व्यक्ति, समाज र सिंगो मुलुकको भविष्य नै अन्धकार हुन्छ । आजका नानीमा आपूmले आर्जन गर्ने ज्ञान र सिक्ने सीप कमजोर भएमा देशका हरेक, क्षेत्र कमजोर हुन्छन् । यसर्थ, राज्य अभिभावकलगायत सरोकारवालाको सहकार्यमा आजका नानीलाई समय सापेक्ष, जीवन उपयोगी गुणस्तरीय शिक्षा प्रदान
गर्न जरुरी छ ।

 

(Visited 47 times, 1 visits today)
Loading comments...