द्वारिका काफ्ले
4 months ago
0
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ को दिन आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाउने गरिन्छ ।
एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी काठमाडौँका विभिन्न भागबाट आएका मृतकका आफन्तहरु हनुमान ढोका हुँदै वसन्तपुर दरबार परिक्रमा गराउनका साथै श्रद्धालुद्वारा उनीहरूलाई दूध, फलफूल, दहीका साथै अन्न दान गरिएको छ ।