आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

अवैध यौन सम्बन्ध विवादपछि भाईले गरे दाई भाऊजुको हत्या

नवीन शिशिर
4 months ago
16/08/2019

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ बोवाङ्गमा साउन २५ गते बृद्ध दम्पतिको हत्या आफ्नै भाईले गरेको खुलेको छ ।
घटना पश्चात पक्राउ परेका मृतकका भाई ६१ वर्षिय मसाने कामीले अनुसन्धानको क्रममा आफुले बन्चरो र खुकुरी प्रहार गरी दाई भाऊजुको हत्या गरेको स्वीकार गरेका हुन ।

साउन २५ गते ढोरपाटन नगरपालिका–८ साविक बोवाङ्ग–४ कुईने अङगरे बस्ने ६४ बर्षिय भने कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको हत्या भएको थियो ।
मृतकका छोरा लिले कामी र आरोपित मसानेकी जेठी बुहारीबीच अनैतिक सम्बन्ध रहेको विषयमा भाऊजुसँग विवाद हुँदा आक्रोसित मसानेले दाई भाऊजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

माथिल्लो गोठमा बसेकी भाऊजुसँग विवाद हुँदा मसानले नजिकै रहेको खुकुरी प्रहार गरी हत्या गरेका थिए । हतियार प्रहार गरी विभत्स हत्या गरेको प्रहरी उपरीक्षक भट्टको भनाई छ ।

छोरा बुहारीको अनैतिक सम्बन्धको विषयमा दुई परिवारबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । मृतक दम्पति साउन ७ गते स्थायी बसोबास रहेको स्थान ढोरपाटनको नवीबाट मकैको रेखदेख गर्न लेक (गोठ) गएका थिए । मृतका छोरा बुहारी र जेठी श्रीमति ढोरपाटनको नवीमा बस्दै आएका छन् ।
आरोपित मसानेलाई शुक्रबार म्याद थप गरी कर्तव्य ज्याम मुद्दा चलाउने तयारी गरेको प्रहरी उपरीक्षक भट्टको भनाई छ ।

(Visited 1,012 times, 1 visits today)
Loading comments...