आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

रवि लामिछानेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राजधानी समाचारदाता
4 months ago
16/08/2019

काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो ।

जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

लामिछानेसहित तीनै जनालाई बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो । लामिछाने पक्राउको विरोधमा शुक्रबार उनका समर्थकले चितवनमा प्रदर्शन समेत गरेका थिए ।

(Visited 74 times, 1 visits today)
Loading comments...