आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

सरोज खनालले अभिनय गरेको म्युजिक भिडियो यस्तो छ (भिडियोसहित)

राजधानी समाचारदाता
3 months ago
22/08/2019

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक भएको छ ।
यसै वर्ष आमाको वार्षिकीका लागि नेपाल आएका बेला उनले गीत रेकर्ड गराएका थिए । ‘राजा, नेता र जनता हामी सबैका एउटा न एउटा पिढीले भारी बोकेको छ । दुःख र त्याग गरेको छ र त आजका राजा दरबारमा रहन सके । नेता महल बनाउन सके ।

जनता राम्रो घर र ठाउमा रहन सके’, गीतको अर्थ खुलाउँदै वसन्तले भने, ‘अहिले पनि धेरै जनता गीतको मर्म जस्तै जीवन जीउन बाध्य छन । हामी बालक र युवा हुँदासम्म हाम्रा बाबा र आमा दुःखै गर्थे । पछि बिस्तारै सुख आउदै थिए सुख भोग नगर्दा बिती गए ।

समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विकास धमलाको सम्पादन छ ।

रेडियोमा गीत सुनेर गाउन थालेका वसन्त संगीतको प्रारम्भमा रामेश र मन्जुलका गीत सुनेर गाउँदै हिँडे । उनले रामेश र अरिमका गीत धेरै सुने । मन्जुलसँग त गीत गाउनै हिडे ।

(Visited 40 times, 1 visits today)
Loading comments...