शुक्रवार २९ कार्तिक, २०७६ (Friday, 15th November 2019)
२९ कार्तिक, २०७६ (15 November 2019)

मातृभाषाको चिन्ता

नरेश दुवाल
2 months ago
11/09/2019

 

नरेश दुवाल

आजकाल मानिसले आफ्नो मातृभाषा छाड्दै आइरहेको पाइन्छ । यो एउटा गम्भीर चिन्ताको विषय हो । मानिसमा यो सोच छ कि अंग्रेजी भाषाको पछि लागेमा मान, प्रतिष्ठा, दाम सबै पाउँछ । देशको नीति निर्माताले अंग्रेजी भाषा नै देश विकासको मेरुदण्ड ठानेका छन् । अभिभावक पनि आफ्ना बच्चाले अंग्रेजी बोल्दा मख्ख पर्दछन् ।
देश नै अंग्रेजी भाषाको पछि लागिरहेको देखिन्छ । तर अंग्रेजी भाषाले देश विकासमा ठूलो योगदान पु¥याउँछ भन्ने सोच्नु एउटा गम्भीर गल्ती हो । अंग्रेजीको पछि नलागेर पनि देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने एउटा उदाहरण रुस हो ।
रुसले आफ्नै मातृभाषा रसियन भाषाबाट नै शिक्षादीक्षा दिएर देशलाई महाशक्ति बनायो । इजरायल देशले पनि आफ्नै मातृभाषामा शिक्षा तथा प्रशासनका कार्य गर्दछ, जुन देश आज सैनिक शक्तिमा एशियाकै अब्बल मानिन्छ ।

श्रीलंका, ब्राजिल, मेक्सिको, चिली, कोलम्बियामा क्यूबा, जापान, चीन, इण्डोनेशिया, म्यान्मार, मलेशियाले मातृभाषा अपनाएर नै विकासको मार्ग प्रशस्त गरेका छन् । सामाजिक, आर्थिक, प्राविधिक, वैज्ञानिक र अन्य समसामयिक कामको विस्तार मातृभाषामा नै गरे । चीन र जापान त यस्तो अनुकरणीय उदाहरण हुन् । जसले मातृभाषाको माध्यमबाट विकास गरेर विश्व आर्थिक शक्तिको रुपमा स्थापित भए । सन् १९४९ सम्म भोकमरीको समस्या भैरहेको चीन आज विश्वको आर्थिक शक्तिको रुपमा उदय भएको छ । यसको श्रेय चीनको मातृभाषामा ज्ञानविज्ञानको अध्ययन र सोधकार्यलाई जान्छ ।
हाम्रो शक्ति सबै अंग्रेजी भाषा सिक्नमा गइरहेको छ । जसले गर्दा हामीले सिर्जनात्मक काम गर्न सकिरहेका छैनौं । स्थानीय मातृभाषा बोल्ने बच्चा स्कूल जान हिच्किचाउँछ कारण स्कूलमा सिकाउने भाषा उनीहरुले घरमा बोल्ने भाषा होइन । देश विकासका लागि मातृभाषा अति आवश्यक छ । मातृभाषा बचाउन भनेको भाषिक विविधतालाई बचाउनु हो ।

मातृभाषाले राष्ट्रको विकास प्रक्रियामा सहायक बनेर शान्तिलाई बढावा दिने कार्य गर्दछ । कुनै पनि व्यक्तिको मातृभाषा भनेको उसको संस्कृति, परम्परा र इतिहासको कोष हो । कुनै पनि क्षेत्र विशेषको मातृभाषा त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक परिवेशको पहिचान हुन्छ यहीकारण मातृभाषाले सांस्कारिक जीवन जीउन प्रेरणा पनि दिन्छ । मातृभाषाको यही महत्वलाई दर्शाउनका लागि युनेस्कोले २०१९ साललाई स्वदेशी भाषा वर्षको रुपमा मनाइरहेको छ ।
नोबेल पुरस्कारको आँकडालाई हेर्न हो भने पनि इजरायलका १७ जना नोबेल पुरस्कार प्राप्त गरेका १० जनाले आफ्नै हिब्रु भाषाबाट शिक्षा प्राप्त गरेका थिए । छिमेकी राष्ट्र भारतका प्रख्यात वैज्ञानिकले पनि आफ्नै मातृभाषाबाट शिक्षा प्राप्त गरेका छन् । यीमध्ये अब्दुल कलामलाई लिन सकिन्छ, जो पछि भारतका राष्ट्रपति पनि भए ।

 

श्रीलंका, ब्राजिल, मेक्सिको, चिली, कोलम्बिया, क्यूबा, जापान, चीन, इण्डोनेशिया, म्यान्मार, मलेशियाले मातृभाषा अपनाएर नै विकासको मार्ग प्रशस्त गरेका हुन्

यदि युद्धस्तरमा मातृभाषा बचाउन कार्य गर्न सकिएन भने आउँदो ५०÷६० वर्षमा नेपालको ५०५ मातृभाषा लोप हुन सक्छन्

 

 

उनले स्वयम्को अनुभवको आधारमा भनेका छन् कि म एकजना राम्रो वैज्ञानिक यसले बने कि मैले गणित र विज्ञानको शिक्षा मातृभाषामा प्राप्त गरे । विश्वको कूल गार्हस्थ (जीडीपी) को आंकडालाई हेर्ने हो भने पनि शीर्ष २० देशमा आफ्नै मातृभाषामा शिक्षा दिइन्छ । यसमध्ये ४वटा देश अंग्रेजी भाषी देश छ, कारण तिनीको मातृभाषा नै अंग्रेजी हो । जीडीपीको आँकडामा सबैभन्दा पछि परेका २० देशमा विदेशी भाषा वा आफ्नो र विदेशी दुवै भाषामा उच्च शिक्षा दिइरहेका छन् र शासन प्रशासनको कार्य पनि यही प्रकारले गरिन्छ ।

भाषा भनेको संवेदनशील क्षेत्र हो । भाषाले कुनै पनि समाजको संस्कृतिलाई जीवित राख्दछ । आधुनिक संसारमा भाषाहरुको मिश्रण द्रुत गतिमा भइरहेको देखिन्छ । जसको कारणले मातृ भाषा हराएर जाने स्थितिमा पुगिसकेको छ । मातृभाषालाई संरक्षण गर्नु आवश्यक छ किनभने कुनै पनि भाषाको संसार र जीवनलाई हेर्ने तरिका आफ्नै हुन्छ । कुनै पनि भाषा बचाउनु भनेको भाषिक विविधतालाई बचाउनु हो । नेपालमा मातृभाषा बचाउन सरकारले हाल गरिरहेको कार्य सन्तोषजनक मान्न सकिदैन । कमसेकम नेपालमा बोलिने मातृभाषाको अभिलेखिकरण र अडियो भिडियो रेकर्डिङ मात्र सन्तोषजनक रुपमा गरे पुग्छ । अब मातृभाषा बोल्नेले मातृभाषा आयोगको माग गम्भीर रुपमा सांसदमा उठाउनुपर्छ ।
राष्ट्रिय मातृभाषा नीति बनाउन सांसदलाई घच्घच्याउनु पर्यो । मातृभाषा बोल्ने व्यक्तिलाई नै प्रमुख बनाएर मातृभाषा आयोग बनाउनु प¥यो । संसदमा पनि मातृभाषा आयोगको सिफारिस कार्यान्वयन गराउन मातृभाषा आयोग संसदीय समिति बनाउन जोडदार माग गर्नुप¥यो । यदि युद्धस्तरमा मातृभाषा बचाउन कार्य गर्न सकिएन भने आउँदो ५०÷६० वर्षमा नेपालको ५०५ मातृभाषा लोप हुन सक्छन् ।

 

(Visited 59 times, 1 visits today)
Loading comments...