आइतवार १२ माघ, २०७६ (Sunday, 26th January 2020)
१२ माघ, २०७६ (26 January 2020)

थोरै आम्दानी हुनेलाई सहुलियतमा एलपी ग्यास

राजधानी समाचारदाता
5 months ago
11/09/2019

काठमाडौं । सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आर्थिक स्थिती कमजोर भएका उपभोक्तालाई सरकारले सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन लागेको बताए ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो धारणा राखेका हुन् । उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको जानकारी दिए ।

(Visited 53 times, 1 visits today)
Loading comments...