आइतवार १२ माघ, २०७६ (Sunday, 26th January 2020)
१२ माघ, २०७६ (26 January 2020)

विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

सन्देश सुब्बा
5 months ago
11/09/2019

पाँचथर । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी बिजय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई भदौ २४ गते फिदिम नगरपालिका–१४, लुङरुपाबाट पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

सेक्रेटरी नेम्बाङले स्थानीय तहका प्रमुख, उपप्रमुख, संघ–संस्था र उद्योगी व्यवसायीलाई चन्दा मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सेक्रेटरी नेम्बाङले उनीहरुलाई धाकधम्की समेत दिने गरेको गुनासो आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...