शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

बसको ठक्करबाट एक जनाको मृत्यु

राजधानी समाचारदाता
4 months ago
18/09/2019

महेन्दनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै दुर्घटनामा मोटरसाइकलमा सवार रहेकी १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

(Visited 38 times, 1 visits today)
Loading comments...