मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

फरक दृश्य

सुजीतकुमार झा
2 months ago
05/10/2019

सुजीतकुमार झा

जनकपुरधाम गंगासागरमा केही दिनअघिसम्म पितृ तर्पण दिनेको भीड लागेको थियो । तर्पण दिनेमा प्रायः पुरुष नै हुन्छन् । तर, यसपटकको पितृ तर्पणमा पुरुषमाझ एक महिलालाई पनि थिइन् ।
छोराहरूले मात्र आफ्ना दिवंगत पितृलाई दैनिक तर्पण दिने परम्परा हिन्दू धर्मावलम्बीमा छ । तर, पुरुषवादी संस्कारलाई तोड्दै जनकपुरधामकी एक पत्रकार गायत्री मिश्रले पितृलाई तर्पण दिँदै आएकी छन् ।
पति घनश्याम मिश्रसँगको सल्लाहपश्चात् गायत्रीले पितृ तर्पण दिएकोे बताइन् । सयौं पुरुषबीच जलाशयमा एक मात्र महिलाले तर्पण गरिरहेको देख्दा आश्चर्यचकित हुन स्वाभाविककै हो ।

कतिपयले त महिलाले तर्पण दिने कुरा धार्मिक मान्यताविपरीत भएको भन्दै एकआपसमा कानेखुसी र आलोचनासमेत गरिरहेका थिए । तर, त्यस्ता आलोचना एवं टिप्पणीलाई चुनौती दिँदै उनले गएका दुई वर्षदेखि पितृ तर्पण गर्दै आएकी छन् । छोरीले पनि छोरासरह सम्पूर्ण जिम्मेवारी पूरा गर्न सक्छन् भनेर उनले सिद्ध गरिन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ३० वर्षीया गायत्रीको माइती महोत्तरीको पिपरामा गाउँपालिकामा छ । उनका पिता राजेश्वरप्रसाद मिश्रको मृत्यु चार वर्षअघि भएको हो ।
छोराले मात्रै सोह्रश्राद्ध गर्ने मान्यताले उनलाई पिताको मृत्युपश्चात् घोच्दै आएको थियो । पति घनश्यामसँग मनको कुरा बिसाएपछि सकारात्मक सोच भएको भन्दै आफूले समेत सघाउने प्रतिबद्धता जनाएपश्चात् अगाडि बढ्न गायत्रीलाई सहज भयो । परिवर्तनका पाइला आफैंबाट उठाउनुपर्छ भनेर उनी अगाडि बढिन् ।

 

दुई वर्षदेखि पितृ तर्पणमा सहभागी भएकी हुन् उनी । उनले पति घनश्याम मिश्रस“गको सल्लाहपछि पितृ तर्पण दिएको बताइन्

 

विधिवत् रूपमा परिबन्धलाई तोड्दै पितृ तर्पणीमा सहभागी भएको तस्बिरसाथ उनले भनिन्, ‘छोराले मात्र होइन, छोरीले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । मेरो सोच बराबरीको अधिकार चाहनेले कर्तव्य पनि बराबर गर्नुपर्छ भन्ने हो ।’ उनको सो पोस्ट सामाजिक सञ्जालमा यतिबेला भाइरल नै भएको छ । पेसाले पत्रकार गायत्रीको यो कार्यको सामाजिक सञ्जालमा निकै
चर्चामा छ ।


प्रतिपदा तिथिदेखि दसैं सुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृलाई सम्झने गरिन्छ । हिन्दू धार्मिक संस्कारमा सोह्र श्राद्ध अर्थात् पितृपक्षको आफ्नै महŒव छ । दिवंगत पिताको मौक्ष प्राप्ति एवं पितृप्रतिको दायित्वबोध गर्दै छोराहरूले विधिपूर्वक सोह्र श्राद्ध कर्ममा सहभागी हुन्छन् । ल

 

(Visited 45 times, 1 visits today)
Loading comments...