शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

राष्ट्रपति भण्डारी म्यानमार र जापान जाने

राजधानी समाचारदाता
2 months ago
15/10/2019

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको पाँच दिने भ्रमणका लागि बुधबार त्यसतर्फ जाने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रदेवी भण्डारीले त्यहाँको स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेटवार्ता गर्नेछिन् ।

म्यानमारको भ्रमणमा रहँदा उनले त्यहाँ बसोबास गर्ने नेपाली भाषी र स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ ।
म्यानमार भ्रमणमा राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारी सहभागी हुने जनाइएको छ ।
राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणपछि ३ कात्तिकमा जापान जानेछिन् । जापानी सम्राट नारोहितोको राज्यारोहण समारोहमा सहभागी हुन उनी जापान जान लागेकी हुन् । समारोहमा सहभागी भएर उनी ६ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...