सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

बल घुमाएर कीर्तिमान

रामसूदन तिमिल्सिना
2 months ago
19/10/2019

रामसूदन तिमिल्सिना

बास्केटबल औंलामा घुमाएर, पेन्सिलको चुच्चोमा बल घुमाएर र स्विस बललाई औंलामा घुमाएर तीनवटा विश्व कीर्तिमान (गिनिज बुक अफ वल्र्ड रेकर्ड) राखेका नारायण भट्टराई अहिले लुम्बिनीमा पर्यटन प्रवद्र्धनमा लागिपरेका छन् ।
तानसेन नगरपालिका–१२ बौधापोखराथोक लुहुंगाका भट्टराई हाल महालक्ष्मी नगरपालिका–२ इमाडोल, ललितपुरमा बसोबास गर्छन् । भट्टराईले आफ्नो हातको औंलामा बल घुमाउने अभ्यास काठमाडौंमा गरेर विश्व कीर्तिमान (रेकर्ड) राखेका हुन् । पेन्सिलको टुप्पोमा बल घुमाउने अभ्यास गौतमबुद्ध जन्मस्थल लुम्बिनी (मायादेवी मन्दिर परिसर)मा गरेको उनी बताउँछन् । ‘यसका लागि एकाग्रता चाहिन्छ,’ उनी भन्छन् ।

विश्व कीर्तिमान बनाएपछि पनि उनी विविध तवरले राष्ट्रका लागि योगदान दिइरहेका छन् । बहु प्रतिभाशाली भट्टराई विदेश जाँदा नेपाल र नेपालीको परिचयलाई अझ उचाइँमा पु¥याउन आफू सफल भएकोमा खुसी व्यक्त गर्छन् । उनी केही समयअघि एसिया र युरोपका विभिन्न देश घुम्ने क्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसार गरेको बताउँछन् । तीन वटा कीर्तिमान बनाएका भट्टराई पुनः अर्को विश्व कीर्तिमान राख्न अभ्यास गरिरहेको बताउँछन् ।
‘दाजु लक्ष्मण भट्टराई र श्रीमती मीना गैरेको सहयोग र हौसलाले म अर्काे एकपटक देशको नाममा नयाँ कीर्तिमान बनाउने योजनामा छु,’ उनी भन्छन् । गिनिज बुकमा नाम लेखाउनु सामान्य होइन, उनले कुनै पनि व्यक्तिले गर्न नसकेको काम गरेर देखाएका छन् । उनले विश्व रेकर्ड राखेपछि विदेशी खेल क्लबहरूले उनलाई निमन्त्रणा गरेको जिकिर गर्छन् ।

 

विश्व कीर्तिमान प्रचार–प्रसारले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भिœयाउन भूमिका खेल्न सक्ने देखिन्छ

‘आफ्नै देशको नामलाई चम्काउन आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘मेहनत गरे आफ्नै भूमिमा सफल भइन्छ भन्ने सन्देश दिन चाहन्छु । जसले युवालाई थप ऊर्जा मिल्ने विश्वास लिएको छु ।’
पेसाले औषधि व्यवसायी भट्टराई विश्व कीर्तिमान बनाएसँगै आफ्नो जिम्मेवारी बढेको बताउँछन् । आफ्नो जन्मस्थान लुम्बिनीको पर्यटन विकासमा आफूले केही गर्नुपर्छ भनेर उनी पर्यटन प्रवद्र्धनमा लागिपरेका छन् ।
नेपाल र लुम्बिनीलाई विश्वमा चिनाउन योगदान दिएबापत लुम्बिनी विकास कोषले उनलाई सम्मान गरेकोे थियो । ‘यो सम्मानले थप जिम्मेवारीबोध गराएको छ । हामीले नगरे यो देशका लागि कसले गर्ने, अहिले नगरे कहिले गर्ने
त ?’ उनी भन्छन् । उनले राखेको विश्व कीर्तिमानको प्रचार–प्रसारले पनि नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भिœयाउन भूमिका खेल्ने उनका सहकर्मीको बुझाइ छ ।

उज्यालो नेपाल नामक सामाजिक संस्थाले उनलाई सद्भावना दूत बनाएको छ । उनी विश्वको सर्वोच्च शिखर सगरमाथा र लुम्बिनीलाई आफ्नो अभियानमा जोडेर काम गरिरहेको बताउँछन् । उनको आकांक्षा अमेरिकाको रियालिटी सो ‘अमेरिका गट ट्यालेन्ट’को फ्लोरमा नयाँ कीर्तिमानको प्रदर्शन गर्नु रहेको छ । जुन कार्यक्रम संसारभरि लोकप्रिय छ ।
नेपाल भ्रमण गर्न विदेशीलाई अनुरोध गरी आफ्नो कला प्रस्तुत गर्ने आगामी योजना रहेको उनी सुनाउँछन् । तीनवटा बल एकैपटक घुमाउने अद्भुत कलाको तयारी पूरा हु“दै छ । ‘जुन कला केही समयपहिले नेपालगन्जम भएको राष्ट्रिय खेलकुदको समापन समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थितिमा प्रदर्शन गरेको थिएँ,’ उनी भन्छन् । ल

 

(Visited 65 times, 1 visits today)
Loading comments...