सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

रोटरी इन्टरनेसनल डिस्ट्रिक–३२९२ ले गर्‍यो मेहेता दम्पतीको सम्मान : रोटरीको गरिमा थप उच्च बनाउने मेहेताको प्रतिबद्धता

राजधानी समाचारदाता
1 month ago
02/11/2019

काठमाडौं।   रोटरी इन्टरनेस्नल डिस्ट्रिक–३२९२ ले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सन् २०२१ देखि २२ सम्मका लागि मनोनयनमा परेका रोटरी इन्टरनेसनलका अध्यक्ष शेखर मेहेता र उनकी पत्नी राशि मेहेतालाई बधाई दिएर सम्मान गरेको छ । काठमाडांैको ह्यात होटलमा भएको सो कार्यक्रममा रोटरी इन्टरनेस्नल डिस्ट्रिक–३२९२ का डिस्ट्रिक गर्भनर किरणलाल श्रेष्ठलगायत अन्य पूर्वगर्भनरहरूले भारतबाट नेपाल आइपुगेका मेहेता दम्पतीलाई दुबो र जाइको माला लगाएर भव्य सम्मान गरेका थिए ।
उनीहरूले नेपाल, भारत, भुटान, बंगलादेशलगायत संसारभर छरिएर रहेका कुल १ सय ११ वटा रोटरियनहरूको आगामी अन्तर्राष्ट्रिय अध्यक्षजस्तो गरिमामय नेतृत्वदायी पदका लागि मनोनयनमा परेका शेखर मेहेताको उच्च प्रशंसा गर्दै यस रोटरी इन्टरनेसनलको भविष्य थप उज्वल हुने अपेक्षासहित मेहेता दम्पतीलाई बधाई दिएर सम्मान गरेका हुन् ।
सम्मान ग्रहण गरेपछि मेहेताले विगत लामो समयदेखि आफू १५ पटक भन्दाबढी नेपाल आएको स्मरण गर्दै नेपालका रोटरियनको भूमिकाबारे निकै प्रशंसा गरेका थिए । उनले आफूले हरेकपटक नेपाल आउँदा यहाँका हरेक गतिविधिहरूबारे समेत राम्रो बुझेर फर्कने अवसर पाएको बताए । उनले आफ्नो कार्यकालमा रोटरीको अन्तर्राष्ट्रिय भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
रोटरी इन्टरनेस्नल डिस्ट्रिक–३२९२ का डिस्ट्रिक गर्भनर किरणलाल श्रेष्ठले अहिलेसम्मका अन्तर्राष्ट्रिय अध्यक्षहरूमध्ये आगामी सन् २०२१ देखि २२ सम्मका लागि मनोनयनमा परेका रोटरी इन्टरनेसनलका अध्यक्ष मेहेता निकै उत्कृष्ट रोटरियन भएको भन्दै उनको उच्च प्रशंसा गरे । उनले मेहेताको नेतृत्वमा रोटरी इन्टरनेसनलको गरिमा थप उच्च हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।
मेहेता संसारभर छरिएर रहेका १११ वटा रोटरियनहरूको अन्तर्राष्ट्रिय अध्यक्ष भएपछि नेपालका रोटरियनहरूले चाहना गरिरहेका हरेक अपेक्षा पूरा हुने उनले बताए । यसैगरी, नेपालका रोटरियन तथा पूर्वडिस्ट्रिक गर्भनर तीर्थमान शाक्यले शिक्षा, स्वास्थ्य र विश्व शान्तिको कामनासहित सामाजिक सेवामा विशेष भूमिका खेल्दै आएको रोटरी इन्टरनेसनलमा नेपाल प्रवेश गर्दाको अवस्थादेखि हालसम्मको विविध गतिविधिबारे जानकारी गराएका थिए ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक–३२९२ ले सोही कार्यक्रममा नेपालको रोटरीको विकासका लागि महŒवपूर्ण भूमिका खेल्ने रोटरियनहरूलाई सम्मान गरेको थियो । सो कार्यक्रममा नेपाल, भारत, भुटान र बंगलादेशका रोटरियनहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपालका सातवटै क्षेत्रबाट आएका रोटरियन प्रतिनिधिले मेहेता दम्पतीको सम्मान गरेका थिए ।

(Visited 100 times, 1 visits today)
Loading comments...