मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

उत्खननबारे पुरातत्व विभागको प्रतिवेदन : ‘पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहासको प्रमाण भेटियो’

केशवप्रसाद पाण्डे
3 weeks ago
02/11/2019

 

काठमाडौं । पुरातत्व विभागले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ मा भएको उत्खननको प्रतिवेदन तयार पारेको छ । गत जेठमा भएको उत्खननका क्रममा महŒवपूर्ण उपलब्धि हात परेको विभागले जनाएको छ । पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहास भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभागले उत्खननका क्रममा साबिक होक्से गाविस–२ माल्टारको विभिन्न व्यक्तिका नाममा रहेको कित्ता नम्बर ६७२, ५७४ र ५७६ मा नगरपालिकाको समन्वयमा विभागमा परेको निवेदनको आधारमा आकस्मिक उत्खनन गरेको जनाएको छ । विभागले उत्खनन प्रणालीअनुसार ४ क्वाडेनमा विभाजन गरी उत्खनन गर्दा प्राचीन दरबारको गारोे भेटिएको थियो । गारोलाई बलियो बनाउन स्थानीय प्रस्तर प्रयोग गरी १ मिटर ५० सेन्टिमिटरसम्मको आधार बनाई ६० सेन्टिमिटरको सुर मिलेको गारोे लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । माल्टारमा २२ सेन्टिमिटर चौडाइ भएको लिच्छविकालीन इँटा प्रयोग भएको पाइएको विभागको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उत्खननका क्रममा भेटिएका अँगार र इँटाका टुक्राको परीक्षण गरी थप अध्ययन आवश्यक रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, प्रतिवेदनमा श्रीरामपाटीमा ३ मिटर लम्बाइ र २ मिटर चौडाइ उत्खनन गर्दा माटाको डुँड बनाई पोलेर इँटाको गारोेभित्र व्यवस्थित रूपमा पाइपलाइनमार्फत पानीको व्यवस्थापन गरेको पाइएको उल्लेख छ ।
पलाञ्चोकमा शकसंवत् ४२५ मा राजा मानदेवकालीन शिलालेख पाइएको छ । साथै शकसंवत् १३१ मा राजा शिवदेवको समयमा शिवलिंग स्थापना भएको पाइएको छ । काभ्रेपलाञ्चोक धार्मिक तथा ऐतिहासिक रूपले महŒवपूर्ण मानिँदै आएको छ । प्रतिवेदनमा पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहासको दरिलो प्रमाण फेला परेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । नगरपालिकामार्फत उत्खनन गरिएको क्षेत्रका संरक्षण र अवैध उत्खनन रोक्न निर्देशन गरिएको पनि उनले बताए ।

 

अवैध इ“टाभट्टा सञ्चालन र उत्खनन रोक्न निर्देशन
थप उत्खननको आवश्यकता
संरक्षणमा प्रशासनको उदासीनता

नगरपालिकाले गठन गरेको पलाञ्चोक पुरातŒव खोज तथा उत्खनन समितिका सदस्य सचिव श्रीकृष्ण धिमाल विभागसँग समन्वय गरी थप उत्खनन गरिने बताउँछन् । विभागको प्रतिवेदनमा ती स्थानमा अवैध रूपमा इँटाभट्टा सञ्चालन तथा विभिन्न प्रयोजनका लागि उत्खनन गर्ने क्रमले निरन्तरता पाउँदा पुराताŒिवक सम्पदा मासिएकोमा चिन्ता व्यक्त गरिएको छ । पाँचखालको वातावरण र सम्पदा संरक्षणका लागि इँटाभट्टाको विकल्प खोजिनुपर्ने भन्दै स्थानीयले आवाज उठाउँदै आएका छन् ‘पाँचखाल वातावरण बचाऊ’ अभियानका संयोजक सूर्य भेटवाल सम्पदा र वातावरण संरक्षणका लागि भट्टाको विकल्प अविलम्ब खोजिनुपर्ने बताउँछन् ।
स्थानीय तह, पाँचखाल नगरपालिका र जिल्ला प्रशासनले संरक्षण र थप उत्खननमा चासो नदेखाएको उनी बताउँछन् । नगरपालिकाले अवैध उत्खनन रोक्न निर्देशन दिएको भए पनि प्रभावकारी हुन नसकेको बताइएको छ । नगरपालिकाका प्रमुख महेश खरेल भने पुराताŒिवक सम्पदा संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

 

(Visited 592 times, 1 visits today)
Loading comments...