मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

सूर्य हाम्रो कुलदेवता हो

राजधानी समाचारदाता
3 weeks ago
02/11/2019

शुक्रबार साँझ राजधानी दैनिकको सम्पर्कमा  आउँदै गर्दा अभिनेत्री सञ्चिता लुइँटेल छठको ‘फोटो सुट’ गरेर निस्किसकेकी रहिछिन् । काठमाडौंमै जन्मेकी सञ्चितालाई दसैं–तिहारजस्तै छठले पनि उत्तिकै छुन्छ । प्रत्येक वर्ष उनी छठमा उपवाससमेत बस्छिन् ।

‘सूर्य हाम्रो कुलदेवता नै हो,’ भन्छिन्, ‘त्यसले गर्दा पनि हामी छठपूजा गर्छौं ।’ ‘अप्सरा’बाट डेब्यु गरेकी सञ्चिताको पछिल्लो फिल्म हो– हजार जुनीसम्म । ‘अप्सरा’मा नायिका हु“दा उनी १८ वर्षकी थिइन् । पहिलो फिल्मले उनलाई दर्शकमाझ राम्रै चिनायो । गायक रामकृष्ण ढकालको जीवनीमा आधारित ‘आशीर्वाद’ले सञ्चितालाई थप परिचय दिलायो ।

अभिनेता निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धपछि उनले केही वर्ष विश्राम लिइन् । त्यसबीच उनका दुई सन्तान भए । उनीहरूलाई हुर्काउनमै सञ्चिताका दिन बिते । ‘अहिले बच्चाहरू हुर्किसके, फेरि फिल्मतिर फर्किएकी छु,’ सञ्चिताले सुनाइन्, ‘भर्खरै एनटिभीको छमछमी सकाए“ ।’


आगामी योजनाका रूपमा उनले फिल्म निर्माण रोजेकी छन् । दर्जनौं फिल्मबाट बटुलेको अनुभव आफूले बनाउने फिल्ममा ‘गोल’ गर्ने पक्षमा छिन्, उनी । त्यसो त, फिल्मस“गै विज्ञापन, म्युजिक भिडियो र ¥याम्पमा समेत व्यस्त सञ्चिता ‘होम प्रोजेक्ट’का लागि अझ बढी कसरत गर्दै छिन् ।

युमाश

मेकअप :  जमुना श्रेष्ठ
डे«स : पनाचे रनवे, दरबार मार्ग

थप तस्बिरका लागि www: [email protected] गर्नुहोला ।

तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा ‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं । सम्पर्क : [email protected]

 

(Visited 72 times, 1 visits today)
Loading comments...