मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

सागमा अर्जुनदृष्टि

रामसूदन तिमिल्सिना
3 weeks ago
02/11/2019

रामसूदन तिमिल्सिना

पौडी खेलाडी अदिप्सा वैद्यलाई यतिबेला चटारो छ । उनी नेपालमै हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद र एसईईको तयारीका कारण व्यस्त छिन् । खेल करियरको महŒवपूर्ण अवसरलाई ऐतिहासिक बनाउन चाहन्छिन् अदिप्सा ।
‘एसईईले सागलाई प्रभावित नगरोस् भनेर म मात्र होइन, मेरा अभिभावक तथा स्कुल पनि संवेदनशील छन् त्यसैले मलाई तयारीका लागि सजिलो भएको छ,’ उनी भन्छिन् । ‘नियमित ट्रेनिङ भइरहेको छ । एसईईको तयारी पनि । तर, स्कुलले सपोर्ट गरेकाले म यी दुवै चुनौती सामना गर्न सक्छु भन्ने लाग्छ,’ उनी आत्मविश्वासका साथ भन्छिन् ।

उनी चेल्सी इन्टरनेसनल एकेडेमीमा कक्षा १०मा अध्ययनरत छिन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता १५ मंसिरबाट हुँदै छ । आफ्नै भूमिमा हुन लागेको सागलाई पौडी करियरको महŒवपूर्ण अवसर रहेको बताउँदै अदिप्सा भन्छिन्, ‘उत्कृष्ट प्रदर्शन गर्छु । म आफ्नो तर्फबाट पूर्ण प्रयास गर्नेछु ।’
हंगेरीको बुढापेस्टमा गत २० देखि २५ अगस्टसम्म भएको सातौं फिना वल्र्ड जुनियर पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएसँगै उनमा आत्मविश्वास बढेको देखिन्छ । बेस्ट स्ट्रोकमा उनले १ मिनेट २३.८९ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले सागकै तयारी स्वरूप भारतको बैंग्लोरमा २४ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म भएको १०औं एसियाली उमेर समूह पौडी प्रतियोगिताको समेत अनुभव बटुलेकी छन् ।

‘अन्तर्राष्ट्रिय अनुभवबाट थप ऊर्जा मिलेको छ । राखेप र संघप्रति पनि आभारी छु,’ उनी भन्छिन् । नयना शाक्यको प्रशिक्षण शैलीबाट प्रभावित वैद्यले नेपालगन्जमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा ब्रेस्ट स्ट्रोकमा तेस्रो पदक हात पारेकी थिइन् । रिलेमा रजत जितेकी थिइन् । अदिप्साको पौडी करियरमा पिता दिलिप वैद्यको महŒवपूर्ण योगदान छ । ‘साढे दुई वर्षको भएपछि मैले उनलाई काँधमा राखेर पौडी खेलाउन सुरु गरेको थिए । आज देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्दा गर्व लाग्छ,’ दिलिप भन्छन् । अहिले पनि दिलिप अदिप्साकै वरिपरि हुन्छन् । उनलाई ट्रेनिङमा लैजाने–ल्याउने र अन्य व्यवस्थापनमा उनी व्यस्त हुन्छन् । यो उनको मात्र होइन, पौडी खेलाडीका अभिभावकको दिनचर्या नै हो । अदिप्साले कक्षा ६ देखि प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन् । चेल्सीबाट पौडीमा यो उचाइ चुम्ने पहिलो खेलाडी भएकाले पनि उनलाई स्कुलले सपोर्ट गरिरहेको छ ।

 

 

हंगेरीको बुढापेस्टमा गत २० देखि २५ अगस्टसम्म भएको सातौं फिना वल्र्ड जुनियर पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएस“गै उनमा आत्मविश्वास बढेको देखिन्छ । ब्रेस्ट स्ट्रोकमा उनले १ मिनेट २३. ८९ सेकेन्डमा दूरी पूरा गर्दै राष्ट्रिय रेकर्ड बनाएकी थिइन्

‘प्रिन्सिपल सुधीरकुमार झा र सीईओ प्रनय मुक्तानले मलाई सहयोग गर्नुभएको छ । अतिरिक्त समयमा पढाइदिने र आन्तरिक परीक्षाका लागि सहज समय मिलाइदिनुहुन्छ,’ उनी भन्छिन्, ‘जसका कारण मैले पौडीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहज रूपमा सहभागिता जनाउने अवसर पाएकी छु ।’
त्यसो भन्दैमा उनलाई एसईईको चिन्ता नभएको होइन । तर, साग बढी प्राथमिकतामा परेको हो ।
‘एउटा खेलाडीका लागि साग, एसियाड र ओलम्पिकभन्दा ठूलो अर्काे केही हुन सक्छ र ?’ उनी भन्छिन् । उनका पिता दिलिप भन्छन्, ‘पढाइलाई चटक्कै छोडेर खेलमा मात्र लागेको होइन । समय व्यवस्थापन गरेकी छन् । कहिलेकाहीँ १२–१ बजेसम्म पनि होमवर्क गरिरहन्छिन् । तर, पौडीको प्रशिक्षण छुटाउँदिनन् ।’

समय निकालेर उनी विश्वचर्चित पौडी खेलाडीको विषयमा अध्ययन पनि गर्छिन् । अमेरिकी पौडी खेलाडी रेबेका सोनीबाट उनी प्रभावित छिन् । बेस्ट स्ट्रोक विज्ञ सोनीले ६ पटक ओलम्पिक पदक जितेकी छन् । २ मिनेट २० सेकेन्डको टाइमिङमा २०० मिटर ब्रेस्ट स्ट्रोक पूरा गर्ने उनी पहिलो महिला पौडी खेलाडी पनि हुन् । ‘म पनि बेस्ट स्ट्रोकमै फोकस गरिरहेकी छु । उनीहरूले गरेको संघर्षबाट हामीलाई पनि मिहिनेत गर्न उत्साह मिल्ने मैले पाएकी छु,’
उनी भन्छिन् ।
नेपाल पौडी संघको निमन्त्रणामा सागको तयारीका लागि भारतका प्रशिक्षक सतिस सुरी नेपाल आएका छन् । जसले खेलाडीमा थप ऊर्जा थपेको छ । ‘सागमा पौडीबाट यसपटक ऐतिहासिक उपलब्धि हासिल गर्नुपर्छ भन्ने संघको लक्ष्यलाई सार्थक बनाउन हाम्रो मिहिनेत आवश्यक छ जस्तो लाग्छ,’ उनी भन्छिन् ।

 

(Visited 35 times, 1 visits today)
Loading comments...