मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

जादुमय अन्तु

भगीरथ भण्डारी
3 weeks ago
02/11/2019

भगीरथ भण्डारी

धेरैलाई चिया बगानको झझल्को दिन्छ, इलामले । यसमा पनि कन्याम चिया बगान नै सबैको मनमा बस्ने गर्छ । हुन पनि लहरै मिलेको हरिया चिया बगान, बीचबीचमा धुपीसल्लाका रुख र हरियाली वातावरण कसलाई मन पर्दैन र ?
इलाममा चिया बगान मात्रै छैनन्, यहाँ अन्य थुप्रै अन्य ठाउँ पनि छन् । जसमा सूर्योदय दृश्यावलोकनका लागि देशकै उत्कृष्ट ठाउँ बनेको छ, श्री अन्तु । अन्तुडाँडा देशकै एक पर्यटकीय गन्तव्य पनि हो ।

श्री अन्तु नामले यसलाई चिनिए पनि साविक समालबुंग गाविस र हाल सूर्योदय नगरपालिका–४ र ५ मा पर्दछ । सूर्योदय देखिने डाँडा ५ नम्बर वडामा छ भने त्यस नजिकै रहेको पोखरी ४ नम्बर वडामा पर्दछ ।

अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलामको व्यावसायिक एवं नेपाल–भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दूरीमा पर्दछ । २०४३ मा यसलाई ‘दीपेन्द्र शिखर’ भनी नामकरण गरिए भए पनि पुरानै नाम श्री अन्तु वा अन्तुडाँडा नामबाटै यो प्रसिद्ध छ ।

फिक्कल बजारबाट १३ किलोमिटरमा टाढा छ । जिल्लाको एक पर्यटकीय गन्तव्यका रूपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटक अवलोकन
गर्न पुग्छन् । स–साना चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपीसल्लाका रुख र श्री अन्तुको मुख्य विशेषता हुन् ।

 

मनै लोभ्याउने इलाममा चिया बगान मात्रै छैनन् । यहा“ अन्य थुप्रै ठाउ“ पनि छन् । सूर्योदयका लागि देशकै उत्कृष्ट ठाउ“ बनेको छ, श्री अन्तु

नेपालकै सुदूर पूर्वमा पर्ने इलामको श्री अन्तु डाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् । दसैं सकिएपछि खुलेको आकाशसँगै अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेपछि अन्तुमा पर्यटकको भीड  लाग्ने गर्दछ ।

सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएकाले यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् ।

बिहानै उठेर सूर्योदय हेरेपछि त्यसको नजिकै छ, अन्तु पोखरी । जहाँ डुंगा सयर गर्ने र फोटो खिच्नेको भीड लाग्ने गर्दछ ।
विशेषगरी, गर्मी याममा पयर्टकहरू श्री अन्तु पुग्ने गर्दछन् । चिसो हावापानीका कारण गर्मी छल्न पूर्वी नेपालको तराई क्षेत्र, भारतलगायत अन्य देशबाट समेत पर्यटकहरू आउने
गरेका छन् । ल

 

(Visited 59 times, 2 visits today)
Loading comments...