मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

जहाँ नगुपी सुखै छैन

मधुजंग पाण्डे
2 weeks ago
02/11/2019

 मधुजंग पाण्डे

लामो बिदा मनाउनेका लागि मुलुकको आन्तरिक पर्यटकीय भ्रमण ‘भूः स्वर्ग’ मनाङको यात्रा निकै रोमाञ्चित हुन सक्छ ।
जति हेरे पनि कहिल्यै नअघाउने यस क्षेत्रको भूगोल र प्राकृतिक सौन्दर्यका कारण देशका विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले मनाङ निकै लोकप्रिय बनिरहेको छ ।
पछिल्लो समय राजधानी काठमाडौंबाट सहज रूपमा सवारीसाधनबाटै यात्रा गर्न पाइने भएकाले विदेशी एवं आन्तरिक पर्यटक मनाङ भ्रमण गर्छन् । साहसिक पर्यटकीय भ्रमण पूरा गरी मनाङबाट फर्किएकाले प्राकृतिक सौन्दर्यले भरिपूर्ण भूः स्वर्गमा पुगेको अनुभूति गर्छन् ।

माथि हेर्दा आकाशै छोएझैं लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिंग हुने भीर र मसिनो धागोजस्तै देखिने नागबेली रूपमा बगेको निलो मस्र्याङ्दी नदीको किनारै–किनारैको कच्ची सडकबाट मनाङको सदरमुकाम चामे हुँदै माथिसम्म
पुग्न सकिन्छ । लमजुङको खुदी, भुलभुले, स्यांगे, जगत, च्याम्चे हुँदै मनाङको तालगाउँस्थित तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजार, भार्ताङ, पिसाङ, माथिल्लो मनाङ र त्यसमाथिको खाङसारसम्म जिप यात्रा गर्ने सुविधा छ । खाङसारदेखि केही घण्टाको पैदलयात्राबाट संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल  पुग्न सकिन्छ ।

काठमाडौंलगायत मुलुकभरका विभिन्न स्थानबाट मनाङ पुग्नेका लागि बेंसीसहर–चामे ६५ किमि, चामे–माथिल्लो मनाङ ३५ किमि र माथिल्लो मनाङदेखि खाङसारसम्म करिब सात किमि सडकखण्ड पार गरी करिब ११० किमिको मनाङ यात्रा निकै साहसिक र रोमाञ्चक हुन्छ ।
मनाङ पुग्न म्यार्दी खोला लमजुङ र मनाङलाई छुट्याउने मुख्य साँध सीमा पुल हो । यही म्यार्दी खोलाको पक्की पुल पार भएसँगै केही समयको म्यार्दी भीरको यात्रा कटेपछि मनाङको अति सुन्दर ठाउँ तालगाउँ पुगिन्छ ।

पर्यटन व्यवसायका लागि निकै लोभलाग्दो गाउँको नामले परिचित ताल गाउँमा पुग्नेबित्तिकै आमा समूहले पर्यटकको स्वागत गर्छन् । करिब ६०–७० घरधुरी एकै ठाउँमा गुजुमुजु रहेको तालगाउँमा आधुनिक शैलीमा निर्मित घर छन् । यहाँ पर्यटकलाई बास बस्न कुनै समस्या छैन ।
चारैतिर ठूल्ठूला पहाड र चट्टानले घेरिएको मस्र्याङ्दी नदी तालगाउँ छेउबाट बगिरहेको दृश्य निकै आनन्ददायी छ । ठमेल पर्यटन विकास परिषद्का वरिष्ठ उपाध्यक्ष गीता गुरुङले आफ्नो तेस्रोपटक मनाङ भ्रमण गर्दाको यात्राबारे स्मरण गर्दै पर्यटकीय एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनाङ एउटा ‘भूः स्वर्ग’ नै भएको बताएकी हुन् ।
मनाङमा रमाउन आफू पनि तेस्रोपटक दसैं र तिहारको बीचमा गत ४ देखि ७ कात्तिकसम्म मनाङ यात्रामा तालगाउँ पुगेको जानकारी गराउँदै गुरुङले भनिन्, ‘मनाङकी छोरी भएर पनि म काठमाडांैको ठमेलमा नै जन्मिएकी हुँ । म मनाङका पाल्साङ गुरुङ र छिरिङ साङमा घले (घले राजाका सन्तान)की जेठी छोरी हुँ । म काठमाडांैमा नै जन्मिएर हुर्किएकाले मनाङका सबै ठाउँबारे अझै राम्रो जानकारी छैन ।’

मनाङको भित्री यथार्थ र त्यहाँका विविध प्राकृतिक सौन्दर्यबारे आफूले सानै उमेरदेखि धेरै सुनेको र राम्रोसित बुझ्ने अवसर नपाएको बताउँदै उनले अहिले आएर बिस्तारै यहाँको भित्री वास्तविकता बुझिरहेको जानकारी गराइन् ।
आफू पहिलोपटक सन् २०१३ मा मनाङ घुम्न गएको र सन् २०१६ मा दोस्रोपटक स्थानीय तहको निर्वाचनको बेला भोट हाल्न गएको भन्दै उनले अहिले तेस्रोपटक पुगेर फर्किएको बताइन् । पहिलोपटक आफ्नी बहिनीसँग मनाङ जाँदा आफू त्यतिबेला ३० वर्षकी थिएँ भन्दै उनले आफ्नो यात्रा अनुभवबारे सुनाइन् ।
गुरुङका अनुसार पहिलोपटक मनाङ पुग्दा अहिलेको जस्तो सहज रूपमा गाडीबाट जान पाइँदैनथ्यो । त्यतिबेला गाडी नभएकाले सदरमुकाम चामेसम्म पुग्न पनि निकै कठिन पैदल यात्रा गर्नुपथ्र्यो । चामेसम्म लाने सबै सामान खच्चडले बोक्नुबाहेक अरू कुनै विकल्प थिएन ।

अहिले समय फेरिएको छ । मनाङको धेरै माथिल्लो भागसम्म सहज रूपमा सवारी साधनमा यात्रा गर्न पाइन्छ । सहज रूपमा सवारीसाधनमा जाने बाटो सञ्चालनमा आएपछि अहिले त्यहाँको पुरानो साहसिक पदयात्रा मार्गको मज्जा भने सवारीसाधनको धुलोसँगै बिस्तारै बिग्रिन थालेको स्थानीयले गुनासो गरेका छन् ।
उनले पछिल्लो यात्राको क्रममा मनाङ तालगाउँका गाउँ इकाइ समिति सचिव रामचन्द्र गुरुङ र तालगाउँकै आमा समूहकी अध्यक्ष दिलकुमारी घलेले धेरै सवारीसाधन चलेपछि मनाङको पदयात्रा भ्रमणमा आउने पर्यटकले यहाँको सडक मार्गबाट पैदल यात्रा गर्ने क्रममा निकै धुलो र धुवाँ खान बाध्य भएको गुनासो गरेको बताइन् ।

त्यहाँको प्राकृतिक छटामा रमाउँदै पदयात्रा भ्रमणमा जाने पर्यटकलाई कच्ची सडकमा गुग्ने सवारीसाधनको धुलोले असर पु¥याएसँगै अहिले पुरानो पदयात्रा मार्ग क्षेत्रको व्यापारसमेत बिस्तारै घट्न थालेको स्थानीयको भनाइ छ ।
परिषद्का वरिष्ठ उपाध्यक्ष गुरुङका अनुसार अहिले मनाङको तालगाउँका सबै घरघरमा धारा जडान गरिएको छ । बिजुली चौबिसै घण्टा उपलब्ध भएकाले इन्टरनेटले सूचना र सञ्चारमा सहजता ल्याएको छ । प्राकृतिक सौन्दर्यसँगै विभिन्न जडीबुटी, पाँचऔंले, वन लसुन, आलु, फापर, स्याउ र जटामसीलगायतले त्यहाँको प्राकृतिक स्रोतलाई धनी
बनाएको छ । तालगाउँसँगै चामे, तिमाङ, भ्राताङ, पिसाङ, हुम्डे विमानस्थल, मनाङ गाउँ र तिलिचो तालको अवलोकन यहाँ पुग्ने पर्यटकका लागि निकै आकर्षक गन्तव्य स्थल हुन् ।

यहाँ पुग्न पैदलयात्रा, सवारीसाधनसँगै विमानमा हुम्डे विमानस्थल पुग्न सकिने भए पनि अझै राम्रोसित विमान सञ्चालन हुन सकेको छैन । यहाँको सबैभन्दा आकर्षण ४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो ताल नै हो । जसका कारण विश्वविख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मनाङमा बर्सेनि हजारौं पर्यटक ओहोरदोहोर गर्छन् ।
मनाङमा हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरणको दृश्यावलोकन गर्न सकिन्छ । दन्त लहरझैं फैलिएका हिमाल, स्थानीय रहनसहन र मस्र्याङ्दी नदीको सुसाइ चक्रीय अन्नपूर्ण पदमार्गमा पुग्ने पर्यटकका साथी हुन् ।
तालगाउँका आमा समूह अध्यक्ष दिलकुमारी घलेका अनुसार मनाङमा चार प्रकारको भौगोलिक अवस्था छन् । अहिले यहाँ आउनेमध्ये धेरै पर्यटकले थोराङ्लापास चढ्न विशेष रुचि राख्छन् ।
‘यहाँ पुगेपछि पर्यटक प्रकृति देखेर खुसीको आँसु झार्छन् । थोराङ्लापास भन्ज्याङ चढ्न सफल भएकोमा साथीभाइसँग खुसी साटासाट गर्छन्,’ उनले भनिन् ।

 


चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा काठमाडौंदेखि सुरु भएर पोखरा पुगेर टुंगिन्छ । कतिपय बेंसीसहरबाट मनाºसम्म हि“डेर यात्रा गर्न पनि रुचाउ“छन्

म्यार्दी खोला लमजुº र मनाºलाई छुट्याउने मुख्य सा“धसीमा  हो । यही खोलाको पक्की पुल पार भएस“गै केही समयको म्यार्दी भीर कटेपछि मनाºको अति सुन्दर ठाउ“ तालगाउ“ पुगिन्छ

 


पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि उत्तरतर्फ लमजुङको बेंसीसहरसम्म ४२ किमि कालोपत्रे सडक छ । बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे ६५ किमि र चामेदेखि खाङसार ३१ किमि दूरी छ ।
मोटरबाटो पुगेको तल्लो क्षेत्रमा पाँच वर्ष र माथिल्लो क्षेत्रमा तीन वर्ष भएको छ । चामेदेखि माथिल्लो क्षेत्र भारी मात्रामा हिमपात हुँदाको अवस्थाबाहेक बाह्रै महिना बाटो खुला हुने मनाङ तालगाउँका गाउँ इकाइ समिति सचिव रामचन्द्र गुरुङको भनाइ छ ।
गुरुङका अनुसार जिपमा डुम्रेदेखि बेंसीसहर सवा घण्टा, बेंसीसहरदेखि चामे सात घण्टा र चामेदेखि मनाङगाउँ अढाइमा पुगिन्छ । मनाङगाउँदेखि खाङसार आधा घण्टामै पुग्न सकिन्छ ।
मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य हो भने खाङसार चर्चित हिमताल तिलिचो ताल (४९,१९ मिटर) जाने बाटो हो । अहिले यहाँ पुग्ने बाटामा खाना खाने र बस्ने ठाउँ प्रशस्तै छन् । पदयात्रीका लागि चक्रीय अन्नपूर्ण निकै रोमाञ्चकारी पदमार्ग हो । २१ दिनको पदयात्रालाई मोटर चलेपछि धेरै पर्यटक एक सातादेखि १० दिनमै यात्रा टुंग्याउँछन् ।
चक्रिय अन्नपूर्ण पदमार्गको यात्रा काठमाडौंदेखि सुरु भएर पोखरा पुगेर टुंगिन्छ । कतिपय बेंसीसहरबाट मनाङसम्म हिँडेर यात्रा गर्न रुचाउँछन् ।
पहिलो दिन काठमाडौंदेखि बेंसीसहर (८ सय मि) । दोस्रो दिन बेंसीसहरदेखि बाहुनडाँडा (१२७० मि), तेस्रोदेखि बाहुनडाँडादेखि च्याम्चे (१४१० मि), चौथो दिन च्याम्चेदेखि बगरछाप (२१६०), पाँचौं दिन बगरछापदेखि चामे (२७१० मि), छैटौं दिन चामेदेखि पिसाङ (३२१० मि), सातौं दिन पिसाङदेखि मनाङ (३५२० मि) । आठौं दिन हाइअल्टिच्युट भएको क्षेत्र पुगिने भएकाले पदयात्री मनाङमा एक दिन थकाइ मार्ने गर्छन् ।

नाङबाट लेदर (४२५० मि), नवौं दिन लेदरदेखि थोराङफेदी (४४०० मि), दसौं दिन थोराङफेदीदेखि मुक्तिनाथ (३८०० मि), ११औं दिन मुक्तिनाथदेखि मार्फा (२६६५ मि), १२औं दिन मार्फादेखि घाँसा (२००० मि), १३ औं दिन घाँसादेखि तातोपानी (११८० मि) साथै तातोपानीबाट घोरोपानी हुँदै दुई दिन लगाएर पोखरा वा तातोपानीबाट म्याग्दी हुँदै एकैदिनमा पोखरा आउन सकिन्छ ।
थोराङफेदीबाट मुक्तिनाथको बाटोमा संसारकै अग्लो हिमाली भन्ज्याङ थोराङ्ला (५४१६ मि) उचाइ पार गरिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले २०५३ ताका मनाङमा कार्यक्षेत्र विस्तार गर्दा बाटोघाटो र खानाबस्नका लागि पर्यटक रुमलिन्थे ।
२०६१ सालमा मनाङ युवा समाजले मनाङ गन्तव्य अभियान सञ्चालन गरेको थियो । ‘यसले पर्यटकलाई खानबस्न अलि सजिलो भयो,’ गुरुङले भने,
‘चित्रकला यात्रा र प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्यो ।’ स्थानीयवासी गुरुङका अनुसार त्यसले बढी मात्रामा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्यो ।

पाहुनालाई आमा समूहको घरमा राखेर सत्कार गर्नु, कृष्णचरित्र, पच्यु, लामा, सेर्कालगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु तालगाउँवासीको परम्परा हो । प्रकृतिले सिँगारिदिएको यो गाउँ आफैंमा सुन्दर पनि छ । तालगाउँ स्याउ र अन्य खेतीपातीका लागि पनि उपयुक्त छ । यो गाउँमा घले र गुरुङ जातिको बसोबास छ । कता हेर्ने कति हेर्ने ?
आँखै झिमिक्क नपारी हेर्दा पनि नअघाइने प्राकृतिक दृश्य छ यहाँ । मनाङ नदेखेकाले मात्र स्विट्जरल्यान्डको सपना देख्छन् तर मनाङ पुगेकालाई यो भन्दा अर्को कुनै सुन्दर गन्तव्य छैन भन्ने लाग्छ । कति महान् र कति मनोरम हाम्रो मनाङ † ल

 

 

(Visited 112 times, 1 visits today)
Loading comments...