मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

जब श्रीमानले ताताे तेलको कराइमा श्रीमतीलाई डुवाए …

बिमला पाण्डे
2 weeks ago
04/11/2019

सिन्धुली । दुधौली नगरपालिका वडा नं. ४ को हटियाकी ३० वर्षिय आशा सदालाई उनका श्रीमानले पाकीरहेको माछाको तरकारीको झोलमा मुख डुवाई दिएका छन । शनिबार दिउँसो खाना पकाउँदै छिमेकीहरुसँग गफ गरिरहेकी सदालाई उनका श्रीमान ३२ वर्षिय रितु सदाले तरकारीमा मुख डुवाई दिएका हुन ।

श्रीमतिलाई झोलमा डुवाएर घाइते भएपछि श्रीमान रितु सदा फरार रहेका छन । दिउँसो छिमेकीसँग गफ गरेको बेलामा आएर अरुको कुरा किन गरेको भन्दै पाकीरहेको तरकारीमा मुन्टो गाडी दिएको आशाले बताईन । उनको सिन्धुली अस्पतालमा उपचार भईरहेकोे छ ।

शनिबार दिउँसो नै घटना घटे पनि उनलाई आइतबार मात्र छिमेकीको सहयोगमा सिन्धुली अस्पतालमा ल्याइएको हो । उपचारका लागि आर्थिक अभाव भएका कारण स्थानीयले केहि रकम संकलन गरि उपचारका लागि सिन्धुली ल्याएका हुन । उनको साथमा आशाकी आमा मंगली सदा र दिदी गिता सदा उपचारका लागि आएका छन ।

घाइते आशाको अनुहार पुरै ढडेको छ । तातो तरकारीको झोलमा डुवाईएकी आशा गम्भिर घाइते छिन । उनले दाहिने आँखा पुरै छोपिएको छ । उनलाई घाइते भएपछि श्रीमानले ढोका थुनेर राखेका थिए ।

मनोसामाजिक परामर्शकर्ता सर्मिला राउतले घटना थाहा पाएपछि उद्धार गरिएको छ । आशा आइतबार विहान राउतलाई भेट्न गएपछि मात्र घटना बारेमा थाहा पाएको राउतले बताईन ।
उनका अनुसार डकाहा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि स्थानीयसँग पैसा उठाएर अस्पताल ल्याइएको राउतले बताईन । उनका जुम्ल्याहा १ वर्षका छोरा र अन्य २ छोराछोरी गरि ४ छोराछोरी छन ।

छोराछोरी हेर्ने कोहि नभएको पनि पीडितले बताएकी छिन । खेतिपाती केहि नभएको आशाका परिवारले भने उपचारमा वास्ता गरेका छैनन ।

उपचार गर्ने पैसा पनि छैन, सबैले सहयोग गर्नु भएको आशाकी आमा मंगली सदाले भनिन । पीडितको उपचार सिन्धुली अस्पतालमा नहुने भएपछि अस्पतालले काठमान्डौ रिफर गरेको छ । उनलाई ओसिएमसी सिन्धुलीको सहयोगमा टिचिङ हस्पिटल लाने तयारी भएको सिन्धुली अस्पतालले जनाएको छ । टिचिङ अस्पतालमा निशुल्क उपचारको लागि पहल भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए । विरामीका आफन्तलाई खान बस्न र उपचार खर्च निःशुल्क गरिएको पोखरेलले जानकारी दिए ।

सिन्धुली अस्पतालमा उपचारका लागि काठमान्डौ लादा लाग्ने खर्च एकद्धार संकट व्यवस्थापन केन्द्रले गर्ने केन्द्रका सुनिता शर्माले बताईन ।
श्रीमतिलाई तातो झोलमा डुवाएर उपचार गर्न नलगी थुनेर राख्ने रितु सदालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए ।

(Visited 137 times, 1 visits today)
Loading comments...