मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

सुकुटे दुर्घटना : जब अंगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरालाई गुमाए…

दिनेश थापा
2 weeks ago
06/11/2019

सिन्धुपाल्चोक । दशैंदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कदै गरेको दोलखा शैलुङ गाउँपालिका–३ का जितबहादुर खडकाको साथमा अहिले छोरी मात्रै साथमा छिन् । खड्का आइतबार श्रीमती र छोराछोरी लिएर घरबाट निस्किएका थिए । त्यही पाइलो नै श्रीमती र छोराले घरको मुलढोकामा टेकेको अन्तिम पाइलो भयो । एकै सिटमा रहेकी छोरी र उनी कसरी बचे उनलाई अहिले सम्झना छैन ।

टाउँकामा गम्भिर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो, श्रीमती अंगालोमा लोलाई रहेकी थिइन । सँगै रहेकी छोरी पनि दाइ राजिवसँग कुराकानी गर्दे थिइन् । एक्कासी गडंग आवाज आयो । त्यसपछि उनी बोल्नै सकेनन् । सुकुटे भन्दा केही किलोमिटर अगाढी सपरिवार रमाइलोसँग खाना खाएर अघि बढेको ५ मिनेटमा नै खडकाले श्रीमती र छोरालाई सधैंको लागि गुमाउनु प-यो । बाह्रबिसेको यात्रुबसलाई ओभरटेक गरेर अघि बढेको बस फेरी नियन्त्रणमा फर्कन सकेन र खोलामा खस्यो ।

त्यसपछि के कसरी आफु र छोरी बाँचियो पीडामा रहेका खड्काले बताउन सकेनन् । आइतबार भएको विभत्व बस दुर्घटनाको यति खबर मात्रै सुनाउन सके उनले । दुर्घटनामा श्रीमती र छोरा गुमाएका पीडा जति छ त्यसमाथि आफन्तको शवलाई समयमा नै अन्तिम संस्कार समेत गर्न नपाउँदा उनको मन बेचयन भएको छ । दुर्घटनामा घाइते भएका उनी र छोरीलाई एम्बुलेन्सले अस्पतालमा लगेपछि मात्रै उनले छोरा र श्रीमती गुमाएको थाहा पाएका थिए । घाइते अवस्थामा नै श्रीमती र छोराको अनुहार हेर्न प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसे आएका खडकाले शवगृह भित्र प्रवेश गर्न साथ बेहोस भए ।

श्रीमती र छोरा गुमाउनुको पीडाले बिक्षिप्त भएका खडका प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेको प्रागंण्मा थिए । उनी भन्दै थिए –‘नेता र ठुलाबडामा मान्छेहरु परेका भए तुरुन्तै माला लगाएर लान्थे, तोप पड्काउँथे, सलामी दिन्थे तर हामी गरीबहरुलाई कसैले पनि न्याय दिएन । आफन्तको लास माग्न पनि तीन दिन लडाइ गर्नु प¥यो । ‘मेरो छोरा र श्रीमतीले मरेर पनि न्याय पाएनन् अस्पतालको चिसो लास घरमा उनीहरुलाई देख्दा मलाई झन धेरै पीडा भयो ।’

‘यातायात कम्पनीसँग बार्ता गर्ने नाममा हाम्रा आफन्तका शवहरुलाई बेकारमा अस्पतालमा चाङ लाएर राखियो’, उनले भने, न उसले हाम्रो माग सम्बोधन गर्यो न हाम्रा आफन्तले समयमा आफ्नो परम्परा अनुसारको संस्कार पाए ।’

‘बसले बिहानैदेखि अनियन्त्रित भइरहेको थियो । कतिपय यात्रुहरुले यस्तो अनियन्त्रित गरी नचलाउन चालकलाई सचेत पनि गराएका थिए’, त्यो दिनको घटना सम्झँदै खडकाले भने । ‘बसका सबै यात्रु बसमा चढेदेखि नै त्रसित थिए । कसैले बन्देउको शसस्त्र क्याम्पमा यो बसका यात्रु र चालकका बिच तनाव बढेका बसलाई नियन्त्रणमा लिन फोन गरेकोले बन्देउ प्रहरी तयारी हालतमा थियो तर त्यहाँ नआइपुग्दै घटना भयो’ खडकाले रुँदै भने ।

दोलखाको शैलुङमात्रै होइन सिन्धुपाल्चोकको बाह्रबिसे पनि निकै शोकाकुल बन्यो । आफन्त गुमाएका, बेपत्ता भएका र घाइतेका परिवारहरु न्यायको खोजीमा बाह्रबिसे पुगेका थिए । त्यहि समुहमा थिए शैलुङ गाउँपालिकाका सुकमान तामाङ । सुकुटेको दुर्घटनामा बेपत्ता भएकी आफ्नी भतिजीको खाीिजका लागि हातमा ६ वर्षीया भतिजीको फोटो लिएर सुकमान भक्कानी रहेका थिए । मेरो भतिजी जस्तोसुकै अवस्थामा भए पनि पाउन पाए हुन्थ्यो उनी भन्दै थिए ।

लाश पाइयो, न्याय पाइएन
आइतबार १८ जनाको ज्यान जाने गरी भएको सुकुटे बस दुर्घटनाका पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । बस सञ्चालक समिति, प्रहरी प्रशासन तथा अन्य प्रक्रियागत कामको झन्झटलाई सहज नगराइदिएर आफुहरुको पीडाको घाउमा नुन चुक छर्ने काम गरेको पीडितहरुको आवाज छ । अरनिको यातायात कम्पनी अन्तरगत शैलुङश्वरी यातायातले अनाहकमा आफुहरुलाई तीन दिनसम्म अल्मल्याएर राखेको पीडित सुकमान तामाङले बताए ।

आइतबार सुनकोशी नदिमा फेला परेका आफन्तका शवहरु पोष्टमार्टमका लागि बाह्रबिसे स्वास्थ्य केन्द्रमा लगिए पनि सोमबार दिनभर पनि यातायात समितिका मान्छेहरु सम्पर्कमा नआएकाले पीडामाथि तनाव थपेको शैलुङबासीको दुखेसो छ । ‘हामीलाई रातभर बाह्रबिसेको चिसो सडकमा सुताए’, पीडित विरबहादुर खडकाले भने ।

किताब र नोट कापी सग्लै, पढ्नेहरु सधैंका लागि अस्ताए
गाउँमा दशैँ तिहार मनाएर लामो बिदापछि काठमाडौँ फर्केका बसमा सवार यात्रीले गाउँबाट कोशेलीपात पनि सँगै ल्याएका थिए । दुर्घटनास्थलमा यात्रुले ल्याएको कोशेली झोला पोकापन्तुरा यत्रतत्र छरिएको थियो । प्रहरीले छरिएका सामग्री बटुल्दै थिए । बिदामा गृहकार्य गर्न र पढ्न किताब पनि सँगै लिएर गएका साना बालबच्चाहरुको किताब र नोट कापी असरल्ल थियो घटनास्थलमा । साग, अचार, चामल मात्रै होइन मकै पिठो लगायत गाउँका आफन्तहरुले पठाइदिएको सामग्री प्रहरीले संकलन गर्दै गर्दा त्यो दृष्य एकदमै कारुणीक र हृदयविदारक थियो ।

(Visited 2,455 times, 1 visits today)
Loading comments...