मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

भाइरल ज्वरोको रोकथाम

डा. प्रकाश बुढाथोकी
2 weeks ago
07/11/2019

डा. प्रकाश बुढाथोकी

देशका विभिन्न स्थानमा भाइरल ज्वरो देखिएको छ । धेरैले औषधि खाँदै काम जारी राखेका छन् भने केही व्यक्ति घरमा आराम गरेर बसिरहेका छन् । कहीँकतै ज्यान पनि गुमाइरहेका समाचार छापामा छन् । बहिरंग विभागमा ५० प्रतिशत तथा अन्तरंगमा २५ प्रतिशतसम्म बिरामी देखिएका छन् । हाल गाउँघर तथा सहरबजारमा देखिएका ज्वरोका बिरामी एक सातामै निको हुने तथा एकैपटक धेरैजनामा देखिएकाले भाइरल ज्वरो हुन सक्छ । शरीरको तापक्रम ९९ डिग्री फरेनहाइट बढी भएमा ज्वरो आएको मानिन्छ ।

ज्वरो कसरी आउँछ ?

संक्रमणले शरीरको कोसिकामा इन्टरल्युकिन—१, ट्युमर नेक्रोसिस फ्याक्टर, इन्टरफेरोनजस्ता पाइरोजेन उत्पन्न गराई मस्तिष्कस्थित ताप नियन्त्रण केन्द्र हाइपोथेलमसलाई उत्तेजना गरी प्रोस्टाग्लान्डिनद्वारा शरीरको तापक्रम वृद्धि गराई ज्वरो आउँछ ।
शरीरको जैविक प्रक्रिया तीव्र गति बनाई ज्वरोले रोगका कीटाणु समाप्त गर्न सहयोग गरिरहेको हुन्छ । तर, लामो समयसम्म ज्वरो रह“दा शरीरको भित्री खण्डको तापक्रममा वृद्धि भई पानीको कमी हुन्छ, जसले रगत र मूत्रनलीका कोषिका खुम्चिन थाल्छन्, कोषिकाको प्रोटिन कम हुन थाल्छ ।

कारण

ज्वरो आफैंमा कुनै रोग नभई यो त अरू कुनै खास रोग वा शरीरमा आउन लागेको अस्वाभाविक परिस्थितिको लक्षण हो । ९५ प्रतिशतसम्म ज्वरोका कारण पत्ता लाग्ने गरेका छन् भने ५ प्रतिशत जतिमा कारण थाहा हुन सक्दैन, जसलाई अज्ञात ज्वरो वा पीयूओ भनिन्छ ।
शरीरको तापक्रम ९९ देखि १०० डिग्री फरेनहाइट भए साधारण ज्वरो, ९९.८ देखि १०१ डिग्री फरेनहाइट भए मन्द ज्वरो, १०१ देखि १०३ डिग्री फरेनहाइट भए मध्यम र १०४ डिग्री फरेनहाइटभन्दा बढी भएमा तीव्र ज्वरो भनिन्छ । वृद्धि भएको तथा भइरहेको ज्वरोले गम्भीरताको स्तरसमेत संकेत गर्दछ । प्रायः जसो ज्वरो छोटो अवधि (दुई साताभन्दा कम समयसम्म आउने) वा हुने गर्दछन्, जुन प्रमुखतया ब्याक्टेरिया, भाइरस तथा परजीवी आदिको संक्रमणले हुने गर्दछ । लामो समयसम्म अर्थात् दुई साताभन्दा बढी समयसम्म आउने ज्वरोको रोग निदान गर्न अलि
अप्ठ्यारो पर्दछ ।

लक्षण

विÈाणुको संक्रमणद्वारा उत्पन्न हुने ज्वरोलाई भाइरल ज्वरो भनिन्छ । ज्वरो संक्रामक रोगको प्रमुख लÔण हो । छोटो समयमा एउटै ठाउँमा धेरैलाई संक्रमण हुन्छ । विभिन्न भाइरसका कारण देखिने ज्वरो सुरुमा धेरै हदसम्म मिल्दाजुल्दा हुन्छन् । तथापि, निदानका लागि प्रयोगशालामा भर पर्नुपर्छ । नेपालमा स्तरीय प्रयोगशाला ज“हीतहीँ नभएकाले उपचार गर्न लÔणमै भर पर्नुपर्छ । ज्वरोमा टाउको दुखाइ, चिसो लाग्नु, जोर्नी दुख्नु, भोक कम लाग्नु, खानामा स्वाद नआउनु, खान मन नलाग्ने, वाकवाकी र कहिलेकाहीँ वान्ता, कब्जियत, थकानलगायतका लÔण देखिन्छन् । ज्वरो आउ“दा बिरामी जाडोले काँप्ने, लुगा ओढ्ने गर्दछ तर तुरुन्तै गर्मीले सिरक फाल्ने गर्दछ । त्यसपछि पसिना खलखल आउ“छ । ज्वरोको साथमा अनुहारमा थकान र जिउमा दुखाइ हुन्छ । यस्ता लक्षणहरूमा थप अतिरिक्त कारण हुने हुनाले अन्य लक्षण देखिने गर्दछन् । ज्वरोको रोगीमा उन्माद, मानसिक अशान्ति पनि
देखिन सक्दछ ।
भाइरल ज्वरो लÔणका आधारमै निदान गरिन्छ । अन्यमा ज्वरोको प्रकार, सुरुआत, प्रकृति, आउनेजाने समय, गम्भीरता, बिरामीको आगमन स्थान, जनावरस“गको हेलमेल, यसको समयावधि इत्यादि सम्पूर्ण कुराको विस्तृत जानकारी लिएर ज्वरोको साथसाथै अन्य लक्षणहरू भए नभएको, औषधि लिए नलिएको सोधपुछ गरी शारीरिक परीक्षण गरिन्छ । तब अनुमानित रोगअनुसार परीक्षण जा“च गराउनुपर्छ ।

तुरुन्तै डाक्टरलाई देखाउनुपर्ने अवस्था
दुई वर्Èमुनिका शिशुको काखीको तापक्रम ९९.८ डिग्री सेल्सियसभन्दा बढी भएमा
दुई वर्Èमाथिका शिशु, बच्चा, वयस्कको काखीको तापक्रम १००.५ डिग्री सेल्सियसभन्दा बढी भएमा
अनियमित श्वास वा श्वास फेर्न असजिलो भए
बच्चाले खाना नखाए, स्तनपान नगरेमा
घाँटी टेढो पारे वा भएमा
शरीरमा ठूलो बिमिरा आएमा
निरन्तर घाँटीको खसखस, निल्न अप्ठ्यारो भए
तीन दिनपछि समेत वान्ता कम नभए
रगत, म्युकससँगै पखाला भए
पिसाब फेर्न अलि पीडा, तल्लो पेट दुख्ने तथा एकापट्टिको कमर दुखेमा र
बेहोस भएमा

ज्वरो आएमा

राम्रो भेन्टिलेसन भएको चिसो, खुला र ताजा हावा आउने कोठामा बिरामीलाई राख्नुपर्छ ।
अनावश्यक बाक्लो लुगा हटाई खुकुलो, सुतीको लुगा लगाइदिनुपर्छ । आवश्यक परे वा रुचाए ब्ल्यांकेट प्रयोग गरे पनि बेर्नुहुँदैन ।
शरीरलाई बिस्तारै मालिस गर्ने किनभने मालिसले शरीरको तापक्रमलाई रक्तनलीद्वारा
वातावरणमा पठाउ“छ ।
टाउको तथा निधारमा चिसोपानी राखी ज्वरो घटाउन सकिन्छ । मनतातो स्वच्छ पानीले तौलिया भिजाएर शरीरलाई र एवं पैताला र हत्केला पुछिदिनुपर्छ ।
एक÷एक घण्टामा ज्वरो नाप्ने, सम्भव नभए कम्तीमा दिनको चारपटक बिहान ६.०० बजे, मध्यान्ह १२.०० बजे, सा“झ ६.००बजे र राती १०.०० बजे ज्वरो नाप्नुपर्छ ।
बिरामीलाई विशेÈ गरी बच्चालाई एक्लै छाड्नुहुँदैन ।
रोगीलाई प्रशस्त मात्रामा क्यालोरी र तरल पदार्थ दिन झोल, सुप, फलफूलको रस, ग्लुकोज पानी, जाउलो, भातको माड पटक–पटक दिनु पर्दछ ।
सजिलै पच्ने जाउलो, सावुदाना, दूध, रोटी, ब्रेड खान दिनुपर्दछ ।
सानो बच्चा भए कुपोÈण हुन नदिन पोÈणयुक्त खाद्यपदार्थ र आमाको दूध खुवाउनुपर्दछ ।
धेरै चिसो कोठामा नराख्ने, गर्मी हुने भोजन नगराउने र धेरै समयसम्म चर्को घाममा नबसाउने गर्नुपर्दछ ।
केही भाइरस संक्रमण डेंगु, एलो फिबर, क्रिमियन कंगो, हेमोरेजिक फिवरले रक्तस्राव गराउने भएकाले ब्रुफिन, एस्प्रिन जस्ता नदुख्ने औÈधि प्रयोग गर्नुहुँदैन । केवल प्यारासिटामोल दिनुपर्दछ । प्यारासिटामोल खुवाउँदा ठीक नभएर पानीपट्टी दिनुपरे औषधि खुवाएको २५÷३५ मिनेटपछि मात्र पानीपट्टी दिन सकिन्छ ।

 

 

ज्वरो आफैंमा कुनै रोग नभई अन्य कुनै खास रोग वा शरीरमा आउन लागेको अस्वाभाविक परिस्थितिको
लक्षण हो

शरीरको जैविक प्रक्रिया तीव्र बनाई ज्वरोले रोगका कीटाणु समाप्त गर्न खोजिरह“दा शरीरको भित्री खण्डको तापक्रम वृद्धि भई पानी कमी हुनाले मूत्रनलीका कोषिका खुम्चिन गई कोषिकामा प्रोटिन कमी हुन थाल्छ

 

रोकथाम र उपचार

प्र्रायः भाइरल संक्रमण दूषित हावापानी, दूषित खाना र प्रत्यÔ सम्पर्कले हुने भएकाले स्वस्थकर खानपान, संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा तथा सावुनपानीले हात धुवाइजस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिँदा संक्रमणबाट बच्न सकिन्छ ।
भाइरल संक्रमण बिरामीले हाच्छिउँ गर्दा र खोक्दा भाइरस वातावरणमा फैलिई ससाना पानीका थोपाको माध्यमले सर्छ । तसर्थ, बिरामी निको नहुँदासम्म कार्यालय, विद्यालय, मेलाजस्ता सार्वजनिक स्थानमा जानुहुँदैन किनभने अन्यलाई सर्ने सम्भावना १० गुणासम्म अधिक रहन्छ । घरमै आराम गर्नुपर्छ ।
कतिपय अवस्थामा शरीरले रोगस“ग लडी ज्वरो आफैं ठीक हुन्छ भने केहीमा खास रोग पत्ता लगाई रोग निको नहु“दासम्म ज्वरो ठीक नहुने भएकाले ज्वरो आउनेबित्तिकै औषधि खानुहु“दैन । कारण पत्ता लगाउनुपर्दछ ।

अन्त्यमा, भाइरल संक्रमण रोकथामका लागि आवश्यक खोप र उपचारका लागि केही औषधि विकसित भए पनि ज्यादै महँगा छन् भने केही विकासक्रममै छन् । एक साता बढीसम्म ज्वरो रहे ब्याक्टेरियाको संक्रमण हुन सक्ने सम्भावना भएकाले चिकित्सकको सल्लाहमा एन्टिबायोटिक सेवन गर्नुपर्ने पनि हुन सक्छ । जटिलता, समय, कर्म र धननाश न्यूनीकरण गर्न जतिसक्दो छिटो स्वास्थ्य संस्था गई परीक्षण गराउनुपर्छ ।

 

(Visited 59 times, 1 visits today)
Loading comments...