बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

महिला फुटबल खेलाडीलाई पुरुषसरह पारिश्रमिक

एजेन्सी
2 weeks ago
07/11/2019

 

सिड्नी ।  अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडीसरह पारिश्रमिक दिने सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए)ले घोषणा गरेको नयाँ विधिअनुसार माटिल्डाका स्टार महिला खेलाडी साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडी आरोन मूए र म्याट ¥याएनसरह पारिश्रमिक प्राप्त गर्नेछन् ।

महिला खेलाडीले पुरुष झैं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा ‘बिजनेस क्लास’ को टिकट पाउनेछन् । अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ  किनभने उनीहरूले पनि अमेरिकी पुरुष फुटबल खेलाडीसरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर छन् । उनीहरूको यस मुद्दामा अर्को वर्ष मेमा सुनुवाइ हुँदै छ । संयुक्तराज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्ने क्रममा ‘समान ज्याला’ को नारा रंगशालामै गुन्जिएको थियो । अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भने, ‘फुटबल सबैको खेल हो र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्यमान्यतालाई अझ बलियो बनाएको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...