मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

सार्वजनिक नीतिमा भेन्यु सपिङको महत्व

लक्ष्मीविलास कोइराला
2 weeks ago
08/11/2019

लक्ष्मीविलास कोइराला

सरकारले संसद्को २०७६ सालको वर्षे अधिवेशनमा गुठी ऐन संशोधनका लागि सदनमा विधेयक पेस ग¥यो । तर, जनाताको उग्र विरोधका कारण फिर्ता लिनुप¥यो । त्यसैगरी, सन् २०१९ को सुरुमा हङकङको विधायिकामा गैरकानुनी काम गरेको अवस्थामा हङकङवासीलाई चीनमा सुपुर्दगी गर्ने ऐनको विधेयक पेस भयो । विधेयकको विरोधमा जनआन्दोलन भएपछि सरकारले विधेयक फिर्ता लियो । यी दुई उदाहरणबाट के बुझिन्छ भने सरकार नयाँ नीति निर्माण गर्न वा नीति परिवर्तनमा उति सारो उत्साहित हुँदैन । आवश्यक भए पनि जनताले मन नपराउने नीति बनाउन सक्रिय हुँदैन । परिणामतः शासन प्रणालीमा नीतिगत यथास्थिति लामो समयसम्म कायम रहन्छ ।

सार्वजनिक नीतिका लेखक थोमस डे भन्छन् ‘सरकारले के गर्ने के नगर्ने भनेर जे छनोट गर्छ, त्यो नै सार्वजनिक नीति हो ।’ कुनै समस्या वा सरोकारको विषयमा एक वा बहुकर्ताद्वारा अवलम्बन गरिने कार्यको उद्देश्यमूलक ढाँचालाई जेम्स एन्डरसनले सार्वजनिक नीति भनेका छन् । पहिले सार्वजनिक नीति निर्माण राजनीतिक विषयको रूपमा मात्र हेर्ने गरिन्थ्यो । तर, अहिले सार्वजनिक नीति सरकारको मात्र चासो होइन भन्ने दृष्टिकोणले ठाउँ लिँदै गएको पाइन्छ । सार्वजनिक नीतिमा एन्डरसनले भने झैं नीतिसम्बद्ध धेरै कर्ता सक्रिय हुन्छन् । विश्वमा गरिने सभा सम्मेलनदेखि देशभित्रका सडकमा जनताले उठाएका माग र गरेका नाराबाजी सबै सार्वजनिक नीतिको विषय क्षेत्रभित्र पर्ने कारण नीतिका सरोकारवाला राष्ट्रिय अन्तराष्ट्रिय रूपमा नै सक्रिय भएको पाइन्छ । हित समूहको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै नेटवर्क छ । वर्तमान अवस्थामा नयाँ सार्वजनिक नीति निर्माण वा भइरहेको सार्वजनिक नीति परिवर्तनमा हित समूहले राजनीतिक सामीप्यता, सूचनाको प्राप्यता, आर्थिक सार्मथता र नेटवर्कको कारण कर्मचारीतन्त्रको भूमिकालाई छायामा पार्दै गएको देखिन्छ ।

भेन्यु सपिङ

भेन्यु भन्नाले यस लेखमा नीतिसम्बन्धी महŒवपूर्ण निर्णय हुने आधिकारिक स्थानलाई बुझ्नु पर्दछ । प्रत्येक भेन्युको आफ्नै सीमितता र आफ्नै क्षमता हुन्छ । नीति निर्माण मूलभूत रूपमा बढोत्तरी, व्यावहारिक तथा जनमत (इन्क्रिमेन्टल, ¥यासनल र पपुलिस्ट) जस्ता सिद्धान्तको आधारमा गर्ने गरेको पाइन्छ । भइरहेको नीति परिवर्तन तथा नयाँ नीतिको आवश्यकता, माग र दबाब नीति निर्माण वा नीति परिवर्तनको समस्या हो । नीति निर्माता वा एडभोकेसी समूह नीति परिवर्तन वा नयाँ नीति बनाउन खोज्दछन् । त्यसबेला राजनीतिक उदासीनता र संस्थागत पूर्वाग्रहले त्यो नीति परिवर्तन वा निर्माणको उद्देश्य सजिलै प्राप्त हुँदैन । नीति निर्माण गर्ने उद्देश्यले वैकल्पिक भेन्युको सप (छनोट) गरी नीति निर्माणको उद्देश्य हासिल गर्नु भेन्यु सपिङ हो ।

परम्परागत पोलिसी भेन्युमा समस्या आएपछि सरोकारवालाले नीति निर्माणको लागि नयाँ भेन्यु छनोट गर्नुलाई भेन्यु सपिङ भनिन्छ । अर्थात्, नीति निर्माणका लागि पर्याप्त सर्मथन मिल्ने निकाय वा भेन्युको छनोट गर्नु भेन्यु सपिङ हो । भेन्यु परिवर्तनले नीति निर्माण वा नीति परिवर्तन सफल हुन जान्छ । नीति निर्माणका लागि औपचारिक भेन्युको सट्टामा नीतिसम्बन्धी
आफ्ना विचार वा भनाइ राख्न तथा वैकल्पिक नीतिको महŒव बुझाउन नीतिनिर्माता र एडभोकेसी समूहले सञ्चालन गर्ने भेन्यु सपिङ एक रणनीति हो । भेन्यु सपिङ नीति निर्माताको ध्यान आकर्षित गर्ने सार्वजनिक नीति निर्माणको एक वैकल्पिक उपाय हो । यसमा एडभोकसी समूहको महŒवपूर्ण भूमिका रहन्छ ।

नीति निर्माणको भेन्यु सरकारको संरचनाभित्र वा बाहिर तथा औपचारिक र अनौपचारिक दुबै तथा बहुतहका सरकार संघ, प्रदेश र स्थानीयतह जुनसुकै पनि हुन सक्दछन् । समाज परिवर्तनशील र अन्तक्र्रियात्मक छ । यावत वस्तु परिवर्तन भइरहेका छन् । कार्यपालिकाले देशको शासन सञ्चालनको जिम्मेवारी र उत्तरदायित्व लिएको हुन्छ । यसकारण सार्वजनिक नीति निर्माण कार्यपालिका अर्थात् मन्त्रिपरिषद्को एकाधिकार हो । कार्यपालिका सजिलैसँग नीति परिवर्तन गर्न उत्साहित हुँदैन । नीति परिवर्तन गर्दा जनता वा सरोकारवालाको विरोध हुन्छ । आलोचना हुने र आवधिक निर्वाचनमा हार खेप्नुपर्ने डरले नीतिहरू वर्षौंसम्म बढोत्तरी सिद्धान्तमा बन्ने र देशमा आमूल परिवर्तन हुन नसक्ने रहन्छ । कतिपय अवस्थामा नीति उपयोगविहीन तथा समय र परिस्थितिअनुरूप नहुँदा पनि प्रचलनमा
रहिरहेको पाइन्छ ।

भेन्यु सपिङलाई उदाहरणको माध्यमबाट बुझाउन सरल हुने देखिन्छ । राजल्लदेवीले सवारी चालक अनुमतित्र लिनु थियो । उनले घर नजिकैको यातायात कार्यालयमा बुझ्न गइन् । भीडभाड थियो र चिनेको कर्मचारी कोही पनि थिएन । उनले मामासँग सल्लाह गरिन् । अर्को जिल्लामा मामाका साथी प्रमुख थिए । राजल्लदेवी उतै लागिन् र अनुमतिपत्र प्राप्त गरिन् । पासाङले इलामको लोकसेवा आयोगबाट धेरैपटक परीक्षा दिए । तर, सफल हुन सकेनन् । छुक हेर्नुप¥यो भन्दै उनी धनकुटा पुगे । सफल पनि भए । यी भेन्यु परिवर्तनका व्यक्तिगत उदाहरण हुन् ।
सरकारले राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नयाँ नीति निर्माण वा कानुन बनाउनुपर्ने हुन्छ । जस्तो कि, सूचनासम्बन्धी हकको व्यवस्था संविधानमा भइसकेपछि पनि सरकार शासन सञ्चालन गर्ने सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने भएकाले नीति वा कानुन बनाउन उदासीन देखियो । नयाँ नीतिको जनताले गर्ने विरोध वा संस्थागत पूर्वाग्रहले सरकारका लागि सहजै नीति वा कानुन बनाउन सम्भव भएन । नीति निर्माणमा चासो राख्ने हित समूह वा एडभोकेसी समूहले अदालतमा उजुरी राखे । अदालतले नीति निर्माण गर्न आदेश जारी ग¥यो । र, अदालतको आदेशबमोजिम नीति निर्माण भयो । यो भेन्यु परिवर्तनको सार्वजनिक उदाहरण हो ।

 

परम्परागत पोलिसी भेन्युमा समस्या आएपछि सरोकारवालाले नीति निर्माणका लागि नया“ भेन्यु छनोट गर्नुलाई भेन्यु सपिº भनिन्छ

 

भेन्यु सपिङका केही तथ्य

भेन्यु सपिङ प्रजातान्त्रिक शासन प्रणालीमा उपयोग गरिने एक राजनीतिक रणनीति हो । जब कुनै नीति एकभन्दा बढी निकायको कार्यक्षेत्रभित्र पर्दछ, तब नीति एकाधिकार पाउने निकायको सट्टामा पहिलेदेखि वञ्चित समूह भेन्यु सप गरी अर्को निकायमा जान्छन् । अर्थात् आफूलाई सहयोग गर्ने संस्था छनोट गरी आफ्नो चाहनाअनुरूपको नीति निर्माण गर्दछन् । भेन्यु सपिङको अध्धयनका केही तथ्यहरू देहायबमोजिम छन् ः
सीमित विवेकशीलता ः नीति निर्माताले समाजमा रहेका सबै समस्या एकैपटक समाधान गर्न सक्दैन । सूचनाको अभाव, बजेटको अभाव, पर्याप्त विकल्पको खोजी र तिनको विश्लेषणको लागि समयको कमी तथा नीति निर्माणसम्बन्धी ज्ञानको कमीजस्ता कारणले नीति निर्माणलाई सीमित बनाउँछ । नीति निर्माता सबै समस्यालाई समान महŒव नदिएर केहीलाई मात्र महŒव दिन्छ र नीति बनाउँछ । अरू समस्याहरू थाती नै रहन्छन् ।
शक्ति र एजेन्डा ः नीति परिवर्तनले समाजमा सकारात्मक र नकारात्मक प्रभाव पार्ने गर्दछ । नीतिबाट लाभ लिइरहेको पक्ष नीतिको पक्षमा र नीतिको अभावमा समस्या भोगिरेहेका वर्ग विपक्षमा उभिने हुन्छ । शक्तिमा पहुँच भएकाले ट्रिगरिङ घटनाको आडमा नीति निर्माणको एजेन्डा निर्धारण गर्दछन् ।
नीति मागको फार्मिङ (निर्माण) ः नीति निर्माणको लागि पेस गरिने प्रस्तावको ढाँचा निर्माण एक कला हो । नीति निर्माणको प्रस्ताव जति राम्रो लेख्यो (फार्मिङ ग¥यो), त्यति नै राजनीतिज्ञले बुझ्ने भएकाले नीति निर्माण सहज हुन्छ ।

नीति एकाधिकार ः सरकारलाई संविधानतः नीति निर्माणको एकाधिकार हुन्छ । सार्वजनिक नीति जनताका लागि निर्माण गरिने भएकाले जनताको चासो हुनु स्वाभाविक हुन्छ । जनताको चासो बढ्दै गएको परिपे्रक्ष्यमा नीति विद्वान् वाउम्गोटनर र जोन्सले एकाधिकारलाई चुनौती दिँदै नीति निर्माण अन्य निकाय वा स्थानबाट पनि सम्भव हुन्छ भनेर भेन्यु सपिङको अवधारणा ल्याएका थिए ।
भेन्यु सपिङ ः नीति निर्माणको लागि एकाधिकार प्राप्त निकाय भेन्यु अर्थात् कार्यपालिका (सरकार)को बदलामा अन्य भेन्युबाट पनि आफ्नो अनुकूलको नीति निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले नीति एड्भोकेसी समूहले अन्य भेन्यु व्यवस्थापिका वा अदालत छनोट गर्नु भेन्यु सपिङ हो । भेन्युको भूमिका मिडियाले पनि निर्वाह गर्न सक्दछ । कुनै भन्यूमा वा सरकारको तहमा
आफ्नो अनुकूलको निर्णय हुन सकेन भने आफ्नो चाहना पूरा गर्न भेन्यु परिवर्तन गर्ने गरिन्छ ।
संकट र तत्कालीन घटना ः समाजमा विवाद वा समस्या जे भए पनि सोको समाधानका लागि कुनै निदान नभएको अवस्थामा कुनै एउटा तात्कालीन घटना (ट्रिगरिङ घटना) ले नीति निर्माता वा राजनीतिज्ञको ध्यान आकृष्ट गर्न सक्दछ । राजनीतिज्ञहरूको ध्यानार्कषणको लागि क्रिटिकल मासको महŒव अझ बढी रहन्छ ।
समस्याको मापन ः समस्याको मापन सजिलो हुँदैन । यद्यपि, समस्या समाधानका लागि नीति निर्माण गर्नु पर्ने हुन्छ, जुन कठिन हुन्छ । जस्तो कि गरिबी, सामाजिक छुवाछूत, लैंगिक भेदभावजस्ता समस्या सजिलै नाप्न सकिँदैन ।

पोलिसी इमेज ः सार्वजनिक नीतिसम्बन्धी कार्यानुभवका सूचना र भावनात्मक अनुभूतिको मिश्रण हो, पोलिसी इमेज । नयाँ पोलिसी इमेजले नयाँ सहभागीलाई आर्कषण गर्दछ ।
पंक्चुएट सन्तुलन सिद्धान्तः भेन्यु सपिङको सिद्धान्तलाई विश्लेषण गर्न फ्र्यांक आर वाउम्र्गाटनर र ब्रायन डी जोन्सले पंक्चुएट सन्तुलनको सिद्धान्तलाई अगाडि ल्याएका छन् । नीति निर्माण गर्ने एकाधिकार सरकार अर्थात् कार्यपालिकाको हुन्छ । सरकार समाजमा उत्पन्न वा देखिएका वा मागिएका सबै विषयमा नीति बनाउन तत्पर देखिँदैन । सरकारलाई नीति बनाउँदा जनविरोध हुने भयले गाँजिरहेको हुन्छ । एउटा नीति बनाएर सयौं समस्याहरूलाई बेवास्ता गरिरहेको हुन्छ । सरकारको उदासीनताले कयौं नीतिहरू वर्षौंसम्म पनि परिवर्तन नहुने र परिवर्तन भइहाले पनि सामान्य बढोत्तरीमा मात्र हुने स्थिति हुन्छ । कहिलेकाँही कुनै कुनै नीति सरोकारवालाको दबाबमा (जस्तै, वैदेशिक रोजगार नीति) छिटोछिटा परिवर्तन भइरहेका पनि हुन्छन् । यो अध्ययनको एउटा रोचक विषय हो ।

पंक्चुएट सन्तुलन सिद्धान्तले सार्वजनिक नीतिमा पाइने दीर्घकालीन स्थिरता परिवर्तनको झोक्काले छोटो समयमा छिटोछिटो हुने महŒवपूर्ण र अविश्वसनीय नीति परिवर्तनको मापन र विश्लेषण गर्दछ । लामो स्थिरता परिवर्तनले पंक्चुएट हुन्छ, नयाँ सुरुवात हुन्छ । नीति निर्माणको सन्र्दभमा नीति निर्माण गर्ने निकायको एकाधिकारलाई सर्पोट गर्ने संस्था अर्थात नीति समुदाय र नीति निर्माणको प्रक्रियाबाट अलग राखिएको समुदायबीचको सन्तुलन तथा नीति यथावत राख्ने र नीतिमा परिवर्तन गर्ने बीचको सन्तुलनको विश्लेषण पंक्चुएट सन्तुलन हो । नीति एकाधिकारमा कमजोरी आउना साथ नयाँ नीतिको सिर्जना हुन जान्छ । र, पहिले अलग्गयाइएको (पंक्चुएट गरिएको) समूह नीति निर्माणमा सहभागी हुन्छ । नीति निर्माणमा समस्या समाधानको लागि तयार गरिएको नीतिगत ढाँचा (फार्मिङ) ले राजनीतिज्ञको ध्यान आर्कषित गर्दछ । सो विषयले छलफलको लागि नीतिगत एजेन्डामा महŒवपूर्ण स्थान पाउँछ र नयाँ नीति बन्छ ।

नीति निर्माण प्रक्रियामा भेन्यु सपिङको महŒव

भेन्यु सपिङ एक प्रजातान्त्रिक प्रक्रिया हो, जसले विकल्पको छनोटलाई प्रवद्र्धन गर्दछ । फ्रयांक आर वाउम्र्गाटनर र ब्रायन डी जोन्स हित समूहले आफ्नो माग चाहना पूरा गर्न औपचारिक र अफिसियल भेन्युको सट्टामा अनौपचारिक र अनअफिसियल भेन्यु तथा सरकारका तहहरू संघ, प्रदेश र स्थानीय तह छनोट गर्दछन् र आफनो स्वार्थ सिद्ध कसरी गर्दछन् भनी सोको अध्ययन गर्ने एक विधाको रूपमा भेन्यु सपिङको अवधारणा अगाडि सारेका हुन् । नीति निर्माणमा रहेको सरकारको एकाधिकारलाई चुनौती दिने हो भने नयाँ नीति समुदाय र नयाँ नीतिको जन्म हुन्छ भन्ने बुझाइ भेन्यु सपिङको रहेकोछ । यसले नीति निर्माणका लागि कार्यपालिकीय एकाधिकार समाप्त गर्दै वैकल्पिक भेन्यु देखाएको छ र नीति निर्माणलाई प्रजातान्त्रिक र प्रतिस्पर्धात्मक बनाएको छ ।

भेन्यु सपिङले नीति निर्माणमा समावेश नगरिएको वर्ग सहभागी बन्ने वातावरण पनि निर्माण भएको छ । यसले नीति निर्माताको लागि निरन्तरको परिवर्तन र परिवर्तनलाई आत्मसात गर्नु पर्ने आवश्यकतालाई पनि एकसाथ उद्घाटन गरेको छ । सानै परिवर्तनले पनि नीति परिवर्तन ठूलै हुन सक्छ । नीति निर्माणमा रहेको स्थिरतालाई भंग गर्दै नीतिमा गरिएको आमूल परिवर्तनले समाजमा पनि आमूल परिवर्तन ल्याउँछ भन्ने विश्वास भेन्यु सपिङको रहेको छ । तर, भइरहेको स्थिरतामा विचलन आउँदा राजनीतिक सन्तुलन नै बिग्रन सक्छ भने हरेक संस्था वा निकाय प्रचलित नियम कानुनअनुरूप चल्नुपर्ने प्रक्रियालाई भेन्यु सपिङले समेट्न सकेको छैन । भेन्यु सपिङ रणनीतिको हुबहु अवलम्बन सहज नभए पनि नीति निर्माणका लागि भेन्यु सपिङ विकल्पको खोजी र छनोट एउटा रणनीति हो ।

 

(Visited 102 times, 1 visits today)
Loading comments...