बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

तेक्वान्दो टोली थाइल्यान्ड जाने

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

काठमाडौं ।  दोस्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदै छ ।

ग्योरोगीको पुरुषतर्फ भिजन तामाङ, सककुमार चन्दन, किरण पनेरु, राजेश थापा, कुशल बस्नेत र साहिल गुरुङ तथा महिलामा पूजा शाह रहेका छन् ।

पुम्सेमा मिङमार शेर्पा तथा नन्द विष्ट छन् । टोली नेतामा अशोक खड्का, प्रशिक्षकमा तिलक लामा, चुलाईंविन मुखिया र गणेशकुमार पाण्डे, व्यवस्थापकमा रामेश्वर महतो तथा निर्णायकमा मीन न्यौपाने र जितसिंह लामा रहेका छन् । अशोकले निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

(Visited 9 times, 1 visits today)
Loading comments...