बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

भलिबल टोली बंगलादेश प्रस्थान

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

काठमाडौं  ।पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला भलिबल टिम बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि १२ सदस्यीय खेलाडीसहितको नेपाली टोली बिहीबार ढाका प्रस्थान गरेको हो । टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष रन्जन खड्काले विमानस्थलमा विदाइ गरेका थिए । एभिसी सेन्ट्रल जोन नेपालले अरुणा शाहीको कप्तानीमा खेल्नेछ । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आइतबार माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले सोमबार अफगानिस्तान, मंगलबार किर्गिस्तान र बुधबार बंगलादेशसँग खेल्नेछ ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एभीसी सेन्ट्रल जोनको लागि नेपालले झन्डै एक महिना थाइल्यान्डमा प्रशिक्षण गरेको थियो ।

(Visited 8 times, 1 visits today)
Loading comments...