मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

दोस्रो दिन एमसीसीलाई विशाल अग्रता

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

काठमाडौं। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसीय प्रथम श्रेणीमा ३ सय २ रनको अग्रता लिएको छ । दोस्रो दिन बिहीबारको खेल सकिँदासम्म दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१–२ को मजबुल अवस्था बनाएको छ । टम वेस्टली १७ रन जोडेर अविजित रहेका छन् । पवन सरार्फले ११औं ओभरमा करण केसीबाट क्याच गराउँदै ओपनर विल रोड्सलाई ३० रनमा आउट गरे । १७औं ओभरमा ललित नारायण राजवंशीले बिली गोडलम्यानलाई ३९ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काए ।

त्यसअघि बिहीबार नै पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ३९ रनमा अविजित रहे । अन्तिममा सन्दीपले २१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीबीच ४२ रनको साझेदारी भएको थियो ।

विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे । खराब सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैंटांै विकेटका लागि ७५ रनको महŒवपूर्ण साझेदारी गर्दै इनिङ उकासे ।

यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएन फर्काएका थिए । यासिरले पाँचौं ओभरको दोस्रो बलमा शरद भेषवाकरलाई ४ रनमा आउट गरे । नवौं ओभरको तेस्रो बलमा राजु रिजाल ८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी १६औं ओभरमा १ रनमा आउट भएपछि नेपाल २१–४ को कमजोर अवस्थामा पुगेको थियो । आरिफ शेख १० रनमा क्याच आउट भए । पवन सरार्फ र करण केसी समान २ रन जोड्दै पेभिलिएन फर्के । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।

त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्टलीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।

(Visited 17 times, 1 visits today)
Loading comments...