बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

भक्तपरमा १० पार्टी चुनावी मैदानमा, २ जनाको उम्मेदवारी खारेज

सञ्जीब दुलाल
2 weeks ago
08/11/2019

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुरमा २१ जना उम्मेद्वारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनका लागि १० जना स्वतन्त्रसहित ११ पार्टीले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उपनिर्वाचनका लागि सबै भन्दा पहिला साझा पार्टीका सुरज प्रधानले आफ्नो उम्मेदवारी दर्ता गराएका थियो भने दोस्रोमा नेपाली काँग्रेसका कृष्णलाल भंडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै उम्मेदवारी दर्ता गराउने हरुमा क्रमस समाजवादी पार्टीका सुर्दशन कुमार मनकर्मी, राप्रपाबाट श्याम प्रसाद नेपाल, नेमकिपाबाट निरज लवजु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, नेकपा बाट देवी प्रसाद ढकाल, राप्रपा संयुक्तबाट रामशरण लामिछाने, नेकपा मालेबाट सुर्दशन लामिछाने, आमुल परिर्वतन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाई र नेपाली काँग्रेस वि.पिबाट मधुसुधन न्यौपानेले दलहरुबाट उम्मेद्वारी दिएका थिए । तर आमुल परिर्वतन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाई र राप्रपा संयुक्तका रामशरण लामिछानेको उम्मेद्वारी खारेज भएको छ ।

यस्तै स्वतन्त्र उम्मेद्वारहरुमा कृष्ण प्रसाद ह्योमो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखाकर्मी, राकेश सुवाल, सुमन कार्की, जीवन चन्द्र अधिकारी, संगीता पौडेल आचार्य र सुजता देउजाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा ३ महिला र १६ पुरुष उम्मेदवार रहेका छन् । १० दलले उम्मेदवारी दिएपनि स्वतन्त्र ३ बाहेक कुनै पनि दलले महिला उम्मेदवार भने बनाएको पाइएन । भक्तपुर क्षेत्र नम्वर १ क मा प्रदेश सभा सदस्यका लागि भएको उम्मेद्वारी मनोनयनमा सम्पूर्ण दलले आफ्नो ठुलो संख्यामा र्यालीसहित उम्मेदवारी दर्ता गराएका थिए ।

स्वर्गिय हरिशरण लामिछानेका दाजुको उम्मेद्वारी खारेज
तात्कालिन नेकपा एमालेबाट विजयी उम्मेदवार हरिशरण लामिछानेका दाजु पनि उपनिर्वाचनका लागि उम्मेद्वारी दिएका थिए तर उनको उम्मेद्वारी खारेज भएको छ । उनी राप्रपा संयुक्तबाट निर्वाचनमा भाग लिएका थिए । राप्रपा संयुक्तको जिल्ला अध्यक्ष समेत रहेका लामिछानेले भाईको मृत्यु पछि हुन् लागेको निर्वाचनका लागि आफ्नो उम्मेद्वारी दिएका हुन् । उनी अघिल्लो निर्वाचनमा समानुपातिक उम्मेदवार भएको भन्दै निर्वाचन आयोगले आज नै उनको नाम खारेज गरिदिएको हो ।

देवी प्रसाद र निरज बाहेक सवै नयाँ अनुहार
अघिल्लो निर्वाचनमा भिड्ने देवी प्रसाद र निरज लवजु बाहेक अन्य सवै नयाँ अनुहारका उम्मेद्वार रहेका छन् । तात्कालिन नेकपा माओवादीबाट उम्मेद्वार रहेका देवी हाल नेकपाबाट उम्मेदवार हुन् भने नेमकिपाले पहिलाका नै उम्मेद्वारलाई पुन दोहोराउँदै निरज लवजुलाई नै चुनावी मैदानमा उभ्याएको छ ।

नेकपा र काँग्रेसको नै भिडन्त हुने पक्का
भक्तपुर क्षेत्र नम्वर १ क मा हुने उपनिर्वाचनमा नेकपाका देवी प्रसाद ढकाल र नेपाली काँग्रेसका कृष्णलाल भंडेको नै भिडन्त हुने देखिएको छ । तात्कालिन नेकपा एमालेबाट नै चाँगुनारायण नगरपालिकामा मेयर साथै स्वर्गिय हरिशरणले जितेका कारण उक्त क्षेत्रमा नेकपाले आफ्नो साख जोगाउन लागि पर्ने पक्का भएको छ भने उता नेपाली काँग्रेस आफुले विगतका निर्वाचनमा गुमाएको साख जोगाउन लागि परेको देखिन्छ । स्थानीय निर्वाचन र प्रदेस सभा दुवैमा नेपाली काँग्रेस नै उक्त क्षेत्रमा दोस्रो भएको थियो । यस्तै उक्त क्षेत्रमा नेककिपाको पनि राम्रो सम्भावना रहेको छ ।

पछिल्लो निर्वाचनमा स्वर्गिय हरिशरण लामिछानेले उक्त क्षेत्रबाट १२ हजार ७ सय ८९ मत ल्याउँदै विजयी भएका थिए भने उनका प्रतिदोन्दी जिवन खत्रीले ९हजार ९सय ७७ मत ल्याएका थिए । यस्तै तेस्रो हुने नेमकिपाका उम्मेद्वार निरज लवजुले ७हजार १९ मत ल्याएको थिए । यस्तै हाल नेकपाका उम्मेद्वार तात्कालिन नेपाल कम्युष्टि पार्टी माओवादीका उम्मेद्वार देवी प्रसाद ढकाल डी पीले भने उक्त निर्वाचनमा ७८४ मत ल्याएका थिए भने सँगै विवेकसिलका काली चरण कार्कीले भने ८८३ मत ल्याएका थिए । उक्त निर्वाचनमा राप्रपा र नेपाली काँग्रेसको गठबन्धन समेत रहेको थियो ।

(Visited 465 times, 1 visits today)
Loading comments...